सल्यानमा १७ जना कोरोना पोजेटिभ थपिए, भिडभाड गरे कारवाही

दुर्गा विसी
सल्लीबजार, ३ भदौं ।
जिल्लाको पश्चिम क्षेत्रमा पुन कोरोना पोजेटिभको संख्या बढ्न थालेको छ । बनगाड कुपिण्डे नगरपालिकामा मंगलबार मात्रै १७ जनामा कोरोना पोजेटिभ थपिएर संख्या २५ पुगेको छ । पछिल्लो चरण भारतबाट आएका नागरिकलाई क्वारेन्टाइन राखी पिसिआर गर्दा कोरोना पोजेटिभ पुन देखिएको छ । समुदायमा चेकजाँच नभएको र भारतबाट मात्रै आएका नागरिकमा चेक गर्दा यो अवस्था देखा परेको नगर स्वास्थ्य संयोजक वासुदेव पोख्रेलले जानकारी दिनुभएको छ । केही दिन अघि पोजेटिभ शुन्य पारे पनि फेरी थपिन थालेको उहाँको भनाई छ ।

चाडपर्व नजिकै गर्दा यस नगरमा फेरी भारतबाट आउने नागरिक हुलाकका हुल भित्र्न थालेपछि र पुन देशभर कोरोना व्यापक मात्रमा फैलन थालेपछि थप जटिलता थपिएको पोख्रेलको भनाई छ । त्यसैगरी हरितालिका तीजको अवसरमा घरमै बसेर मनाउन आग्रह गरिएको छ ।  गाउँघर तथा सहर बजारमा हुलहाल, जमात, नाचगान गरेको फेला पारे रोग निवारण ऐन अन्तर्गत कारवाहि थालिने वनगाड कुपिण्डे नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जानकारी दिनुभएको छ ।

अवस्था झन जटिलतातर्फ उन्मुख भएकोले बजारमा किनमेल र भिडभाड बढी देखिएकोले सजगता अपनाउन नगरबासीलाई खड्काको अनुरोध छ । हरितालिका तीजलाई सम्यमता अपनाई मनाउन र सामाजिक दुरी कायम राखी आफु बचौं र अरुलाई बचाउने कार्यमा सहयोग पुरयाउन विशेष अपिलसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया