बनगाड खोलाको बाढीले निर्माणाधिन पुलका प्रतिनिधि बगायो

दुर्गा विसी
सल्लीबजार, ३ भदौं ।
सल्यान पश्चिम रहेको बनगाड खोलाले वगाउदा त्रिवेणि वजारमा निर्माणधिन पक्कि पुल कार्यमा संलग्न कम्पनीका प्रतिनिधि बेपत्ता भएका छन् । हरिहरि निर्माण सेवाका कर्मचारी खोलाले बगाएर वेपत्ता प्रतिनिधि दोलखा जिल्ला निवासी दिलिप केसी पुलको क्याम्पमा नजिकै निर्माण कार्यमा संलग्न सामग्री बचाउन खोज्दा राती १ बजे बनगाड खोलामा आएको बाढीले बगाएको छ ।

अहिलेसम्मकै सबैभन्दा ठुलो बाढी आएको छ । बनगाड खोलाको सयौं विघा खेतीयोग्य जमिन कटान र पुरान गरेको छ । खोला आसपास लगाएको तटबन्धन समेत भत्काएको छ । खोलाले धान खेतीमा ठुलो क्षति पुरयाएको छ । सल्लिबजारको गैलीबजारमा समेत खोलो पसेको छ । केही स्थानीयको त्यहा पनि क्षेति पुरयाएको छ । अबेर राति खोलाको सानो हङगालोपसेपछि केही स्थानीय छिन्चु–जाजरकोट सडक खण्डको पक्की पुलमा बसेका थिए ।

उक्त पुलको ५० मिटर तटबन्ध र पुलमा समेत चर्किएको छ । पुललाईसमेत आंशिक क्षति गरेको छ । मानिस बगाएको खवर सुनेपछि ईलाका प्रहरी कार्यालय सल्लिवजारका इन्चार्ज मिनवहादुर खड्काको टोली उद्धारका लागि त्यसतर्फ अबेर राति नै गएको थियोे । अहिले विहानै प्रहरी र स्थानीयहरु खोला वारपार गरेर खोजी कार्य जारीरहेको छ । विहानी पख पनि निरन्तर वर्षा र खोलामा पानीको वहाव उच्च भएपछि खोजि तलासिमा समस्या भएको छ । खोलाले बगाएर बेपत्ता भएका केसीको भने विहानैदेखि खोजि कार्य भैरहेको छ ।

पुलको वेस क्याम्पसंगै निर्माण सामग्री बचाउने प्रयासमा उनीसँगै बाँकी ३ जना भागेर बाँच्न सफल भएका थिए भने अर्का एक जनालाई बग्दै गरेको अवस्थामा स्थानीयले उद्दार गरेका थिए । त्यसैगरी गर्छे बजारमा प्रसाद वुढाको घर, केही घट्टहरु बगाएको छ । अन्धाधुन्ध प्राविधिक स्टेमेट बेगर गरिएका तटबन्धका कारण बनगाडि जनताको खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । अधिकांश खेतीयोग्य जमिनमा तटबन्ध नहुँदा किसानले यो विपत्ति आइपरेको जनाए । वेपताको खोजि कार्य भैरहेको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया