१० वर्षिय वालकको आँखा उपचारमा सहयोगको अपिल

सुर्खेत, २ भदौं ।
दुलु नगरपालिका वडा नं. ५ का १० बर्षिय बालक भुवन खत्रीको आँखाको उपचारमा सहयोगको अपिल गरिएको छ । बुवा अशक्त, पूर्ण अपांगता भएका बालकको पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि आँखामा देखिएको घाउँ उपचारमा आर्थिक संकट भएको छ । ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारमा बालकको आँखामा एक्कासी फुलो देखापरेपछि उपचारमा संकट भएको हो ।

नेपालगंज स्थित फत्तेवाल आँखा अस्पतालले उनलाई आँखाको ट्यूमर हुन सक्ने भएकोले काठ्माण्डौ रिफर ग¥यो । तर भुवनको परिवारको आर्थिक अवस्था निकै दयनीय भएकोले उपचारको लागि काठमाण्डौ जान नसकेर घर फर्किएका थिए । दैलेखमा आंखाको उपचार नपाएर छट्पटिएका १० वर्षिय वालकलाई लायन्स क्लब अफ दुल्लुले नगद २५ हजार सहयोग गरेको छ । जिल्लाको दुल्लु नगरपालिका वार्ड नम्बर–५ का भुवन खत्रीलाई आँखामा एक्कासी घाउ देखिएपछि उपचारको लागि नेपालगंज लगिएको थियो ।

१० वर्षिय वालकको यस्तो दयनीय अवस्था देखेपछि लायन्स क्लब अफ दूल्लुले सानो सहयोगले काठमाण्डौ पठाइएको क्लवका प्रथम उपाध्यक्ष कपिल खनालले बताए । कोरोना कहरको यस्तो विषम परिस्थितीमा पनि विभिन्न ठाउँमा समन्वय गरेर बालकलाई काठमाण्डौंसम्म पु¥याउन एम्बुलेन्सको व्यवस्था गरेर पठाइएको क्लवका अध्यक्ष नारायण प्रसाद उपाध्यायले जानकारी दिए । वालकको आँखाको उपचारको लागि व्यक्तिगत रुपमा पनि केहि सहयोग प्राप्त भएको उनले बताए । वालकको परिवारले उपचारको लागि सहयोग गर्न सबैसंग अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया