जाजरकोट, २ भदौं ।
कुशे गाउँपालिकामा विद्यालय सुधार योजना निर्माण सम्बन्धी चार दिने अभिमुखिकरण कार्यशाला सम्पन्न भउको छ । सहयात्रा दोस्रो परियोजना अन्तर्गत कुशेको भार्ममा चार दिने तालिम सम्पन्न भएको हो । सेभ द चिल्ड्र««नको आर्थिक सहयोगमा कुशे गाउँपालिकाको समन्वय र पहाडी क्षेत्र विकास अभियानको कार्यान्वयनमा अभिमुखिकण गरिएकोछ । विद्यालयहरुले आफ्नो विद्यालयको विद्यालय सुधार योजना आफैले बनाउन सकून भन्ने उद्देश्यले कार्य क्षेत्रका नमुना विद्यालयहरुलाई समावेश गराई ४ दिने विद्यालय सुधार योजना निर्माण तथा अध्यावधिक तालिम सञ्चालन गरिएको थियो ।
उक्त तालिममा नमुना विद्यालयहरुबाट २५ वटा विद्यालयका २५ जना प्रधानाध्यापक र निमित्त प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । जसमा १ जना दलित र १ जना जनजाती, २१ जना पुरुष र ४ जना महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागि भएका शिक्षकहरुले विद्यालय सुधार योजना निर्माण गर्न नसक्दा विद्यालय तथ्याँक र कार्ययोजनाहरु आफुले सोचे जस्ता नभएको विद्यालयको आवश्यक विवरणहरु पनि फरक पर्न जाने कठिनाई खेपिरहेको बताउनुभएको छ ।
धेरै जसो शिक्षकहरुले विद्यालय सुधार योजना निर्माण गरे पनि आफुहरुले तयार सामुहिक सहभागितामा निर्माण नगरेको र छापाखानामा गएर बनाउन लगाउँदा कपी पेस्टले आफुहरुलाई यसको प्रक्रियाका बारेमा प्रयाप्त जानकारी नभएको भन्नु भएकोछ । अन्यत्र गएर बनाउँदा विद्यालय परिवारलाई जानकारी नहुने र के कस्ता योजनाहरु समावेश गरिएको पनि जानकारी नहुने र सो सम्पन्न गर्नका लागि कहाँबाट स्रोतहरु जुटाउने कसले कुन जिम्मेवारी वहन गर्नुपर्ने भन्ने बारे जानकारी नभएको कुशेमा रहेका विद्यालय व्यवस्थापन अध्यक्ष गुनासो रहेको छ ।
शिक्षहरुले पनि आफ्नो स्वः विवेकले विद्यालय सुधार योजना नबनाएको दुर्गादेवि माध्यमिक विद्यालयका प्रधानाध्यापक हेमन्तबहादुर शाहले जानकारी दिनुभएको छ । विद्यालय सुधार योजना निर्माण गर्ने क्रममा आफुहरु धेरै समस्यहरु भोगेको सहभागिहरुले जानकारी गराउनु भयो । धेरे जसो प्रधानाध्यापकहरु भर्खरै जिम्मेवारी समालेका कारणले पनि समस्या परेको र यस तालिमबाट धेरै कुराको विषयमा जानकारी भएको, एकदमै फलदायी ज्ञानमुलक भएको महिला सहभागि वडा नं. ७ धनरासीको विद्यालय जन्मभुमी आधारभुत विद्यालयको प्रधानाध्यापक नारायणी गुरुङ्गले बताउनुभएको छ ।
यस तालिमबाट सहभागिहरु लाभान्वित भएको र विद्यार्थी निरन्तर मुल्यांकन सम्बन्धि जानकारी नभएको र यस सम्बन्धि पहाडी क्षेत्र विकास अभियानसंग शिक्षकहरुले आशा राख्नु भएको छ । आउने दिनहरुमा विद्यालय सुधार योजान निर्माणका बारेमा पुर्नताजगी तालिम सञ्चालन गर्नुपर्ने माग राख्नु भएकोछ । साथै विभिन्न सुचकहरुको औषत दर, सिकाइ उपलब्धी तथा टीकाउ दर बारे तालिम पाए अझ राम्रोसंग विद्यालय सुधार योजना बनाउन सकिने अपेक्षा सहभागिहरुले व्यक्त गर्नुभएको छ । यस कार्यक्रमको अध्यक्षता कुशे गाँउ पालिकाको शिक्षा शाखाको प्राविधिक सहायक जनक बहादुर शाहले गर्नु भएको थियो ।
युग संवाददाता । । २ भाद्र २०७७, मंगलवार १७:४८