साल्डाँडा जीप दुर्घटनामा २ जना घाईते

सुर्खेत, २ भदौं ।
सुर्खेतको वीरेन्द्रनगर–१४ साल्डाँडामा मंगलबार विहान करिब ९ बजे जीप दुर्घटना हुँदा २ जना घाइते हुनुभएको छ । छेडा र लादेकोको भित्र साल्डाँडाको कच्चीबाटोमा जीप दुर्घटना भएको हो । चामल लिएर दैलेख तर्फ जाँदै गरेको लु. अ. अ. क. ४७६६ नम्बरको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको ट्राफिक प्रहरी जवान रामबहादुर रानाले बताउनुभयो । दुर्घटनामा घाइते चालक २७ बर्षिय टोपबहादुर खासु मगर र गाडी मालिक निर्देश शर्मालाई उपचारका लागि वीरेन्द्रनगर लगिएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया