सुर्खेतका १५ सय २० परिवारको सुरक्षित आवास

सुर्खेत, १ भदौं ।
चालु आर्थिक वर्ष २०७७/०७८ मा सुर्खेत निर्वाचन क्षेत्र नं. १ मा १५ सय २० वटा सुरक्षित आवास निर्माण हुने भएको छ । क्षेत्र नं. १ का संघीय सांसद ध्रुव कुमार शाहीको अध्यक्षतामा बसेको बैठकले भवन निर्माण तथा जस्ता पाता परिवर्तन गर्ने सम्बन्धी निर्णय गरेको हो ।

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि पहिलो संशोधन २०७७ अनुरुप सुरक्षित र वातावरण मैत्री आवासको लागि गरिवीको रेखामुनी रहेका, प्रकोपका कारण घर बिहिन भएका र खर तथा परालको छाना भएका घरधुरीलाई जस्ताको छानामा ल्याउने नेपाल सरकारको नीति रहेको छ ।


सोही नीति अनुसार सांसद शाहीको अध्यक्षतामा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको वैठकले सिम्ता गाउँपालिकामा २ सय ३०, गुर्भाकोट नगरपालिकामा ३ सय २०, भेरीगंगा नगरपालिका २ सय ५०, चिंगाड गाउँपालिकामा २ सय, लेकवेशी नगरपालिकामा २ सय ५०, वीरेन्द्रनगरमा ६३ घरपरिवार गरी टीनको छाना १३ सय १३ र वाढीपीडित २ सय ७ गरी १५ सय २० घरधुरी सुरक्षित आवास निर्माण गरिने निर्णय भएको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिएका छन् । सांसद शाहीले योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । उनले सरकारको लक्ष्य कार्यान्वयनको लागि सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार