त्रिवेनी गाउँपालिकाद्वारा आईसुलेसन भवन निर्माण

प्रचण्ड खत्री
रुकुम पश्चिम, ३२ साउन ।
रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकाले कोभिड–१९ का बिरामीलाई मध्यनजर गर्दै १६ बेडको आईसोलेसन बार्ड तयार पारेको हो । गाउँपालिकाको वडा नं. ३ को खारानेटामा रहेको स्वास्थ्य चौकी नजिकै सिमेन्टको पक्की भवन निर्माण गरी आईसोलेसन वाड तयार पारिएको गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्तीले जानकारी दिए ।

विश्व भरी कोरोना भाईरस फैलिरहेको अबस्था सिर्जना भएमा संक्रमितलाई राख्नको लागि ८ कोठे भवन निर्माण गरी त्यसमा आईसोलेसन वार्ड तयार पारिएको गाउँपालिका अध्यक्ष घर्तीले बताए । कोभिड–१९ का बिरामीका लागि भने ४ वटा एटेज बाथ रुमसहितको कोठा रहेका छन् भने एउटा कोठामा ४ वटा बेट अटाउने अबस्थामा रहेका छन् गाउँपालिका अध्यक्ष घर्तीले बताए ।

स्वास्थकर्मीका लागि भने २ वटा कोठा प्रयोग हुने छन बाकि २ कोठा दर्ता चलानी र स्टोरको रुपमा प्रयोग हुने बताएको छ र पक्की भबन निर्माण र आईसोलेसन वार्डका लागि ५७ लाख बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ । जसमा ३० लाख संघीय सरकारबाट प्राप्त भएको र बाँकी खर्च रकम गाउँपालिकाको रहेको अध्यक्ष घर्तीले बताए ।


पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरको बिशेष पहलबाट बजेट आएको हो । गाउँपालिकाका अध्यक्षका अनुसार आईसोलेसन राख्ने बेड अन्य सामाग्री ब्यबस्थापनमा स्वास्थ्यका लागि प्रणाली र नेपाल जनजागरण मञ्चले सहयोग गरेका छन् र गाउँपालिका भित्र कोराना लागेका व्यक्ति फेला परेमा १ हप्ता भित्र आईसोलेसनामा राख्न सकिने छ ।

भबन निर्माणदेखि सबै सामाग्री ब्यबस्थापन लगायतमा काम सम्पन्न भैसकेका छन् भने भबन रंगरोगन गर्ने, टायल लगाउने लगायतका काम बाँकि रहेका छन् । एक हप्ता भित्र आईसोलेसन प्रयोग गर्न मिल्ने भैसक्छ र भबन निर्माणको काम जेठ २५ गत्तेबाट सुरु गरिएको थियो । त्रिबेणी गाउँपालिकामा अहिलेसम्म १ जना संक्रमित छैनन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार