कविता “राष्ट्र निर्मातासँग पुकार’’

तिम्रो चार जात छत्तिस वर्णको फूलवारीमा
विदेशी महाजने लुट मच्चायो सुगौलीमा !
बाघवीरले खुँडा पखालेको पारी कालीमा
दक्षिणको ढुँगो अटेरी, तेर्सन्छ कालापानीमा !
बलभद्रले पानी पिएको, टिष्टादेखि पश्चिममा
विदेशीकै मनपरि छ, कोशीको व्यारेजमा !
बरु जंगे नै माहिर थिए विदेशी पकाउनमा
नयाँ मुलूक फिर्ता भो, गाभे आफ्नै नेपालमा !
विदेशी पैताला गाड्छ, सत्तरी–असी ठाउँमा
जंगेपिलर सारिदिन्छन, दिनकै रातरातमा !
मेची वेचे काली वेचे, फाईदा रैछ पानीमा
सडकछापको महल बन्छ, राजधानीमा !
नेतातन्त्र आको रैछ, जनता गणतन्त्रमा
दायित्व नै लिन्नभन्छ, देशको महामारीमा !
साठीखाख विदेशीय, धेरै रुङ्छन खाडीमा
चप्पल छैन जनताको, नेता चिल्ला गाडीमा !
अंशवण्डा,भागवण्डा सवै वण्डा नेतामा
जनवण्डा कैले आउला, गरिव हामी जनतामा !
✍️नारायण प्रसाद कोईराला
चिसापानी–१ बैजनाथ, बाँके

तपाईको प्रतिक्रिया