तीन जिल्लामा आइसीयू थपिने

सुर्खेत, ३० साउन ।
कालिकोट, दैलेख र सल्यानमा आइसीयूको संख्या बढाइने भएको छ । बिहीबार बसेको कर्णाली प्रदेश कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले ति जिल्लाहरुमो आयसीयूको संख्या बढाउने निर्णय गरेको हो ।

त्यस्तै देश भित्रबाट आएका र भारतबाट आएका नेपाली नागरिकहरुलाई छुट्टा छुट्टै क्वारेन्टिनमा राख्ने भएको छ । भारतबाट आउने नेपाली नागरिकहरुलाई अनिवार्य रुपमा सीमा नाकाको क्वारेन्टिनमा राखिने भएको छ । जसका लागि सिमानामा क्वारेन्टाइनको संख्या थप गर्ने र मध्यपश्चिम विश्वविद्यालयको भवनलाई वैकल्पिक क्वारेन्टाइनको रुपमा प्रयोग गरिने भएको छ । पीसीआर रिपोर्ट भएपछि मात्रै जिल्ला बाहिरबाट कामदार ल्याउन पाइने छ ।

तपाईको प्रतिक्रिया