स्याक नेपालकाे २६ औं स्थापना दिवस

सुर्खेत, ३० साउन ।
समाज जागरण केन्द्र (स्याक ) नेपालले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न सामाग्री सहयागे गरेको छ । बिहीबार स्याक नेपालका पदाधिकारीहरुले आश्रममा पुगेर ८ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका हुन । स्याक नेपालका निमित्त निर्देशक रेशम चन्दले चामल, दाल, नुन, तेल जस्ता अत्यावश्यक खाद्यान्न सामाग्री सहयोग गरेको बताए ।

अहिलेको विषम परिस्थितीमा सडकमा रहेका मानिसहरुलाई मानव आश्रममा राखिएकाले उनीहरुलाई केही छाक खान पुगोस भन्ने उद्देश्यका साथ खाद्यान्न सामाग्री सहयोग खाद्यान्न सहयोग गरिएको बताए । त्यस्तै स्याक नेपालका अध्यक्ष मिना तिवारी (शर्मा) ले ‘अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ति बाल्नु बेस’ भन्ने मुल नारा बोकेको स्याक नेपालले अहिलेसम्म समाजलाई सही बाटोमा रुपान्तरण गर्नमा मद्धत गरिरहेको बताईन् ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका–१२ का वडा अध्यक्ष लोकप्रसाद चालिसेले स्याक नेपालले स्थापना कालदेखि उठाएका सवालहरु अहिले राष्ट्रिय स्तरमा कानुनका रुपमा पैरवी भएकाले नै स्याकले समुदायमा गरेको मुख्य उपलब्धी भएको बताए । त्यस्तै स्याक नेपालका बरिष्ठ समुदाय परिचालक उमाशंकर आचार्यले आफ्नो स्थापना दिवसको पूर्व सन्ध्यामा कार्यालय परिसरमा दिप प्रज्वलन र सरसफाई गरिएको बताए ।

तपाईको प्रतिक्रिया