कानून सचिवको बोलीभाषा गैरकानूनि

सुर्खेत, २९ साउन ।
प्रदेश सभा र सरकारले निर्माण भएका कानूनहरुको अभिलेखिकरण, सहजिकरण गर्ने र पारित भएका कानून कार्यान्वयन गर्ने प्रमुख दायित्व प्रदेशमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको हुन्छ । कानून मन्त्रालयको राजनीतिक नेतृत्व नरेश भण्डारीले गर्नुभएको छ भने प्रशासनिक नेतृत्व निजामती सेवाका सहसचिव तथा कानून मन्त्रालयका सचिव शोभाकान्त पौडेलले गर्नुभएको छ ।

कानूनि कार्यान्वयन गर्ने र कानूनि भाषा सिकाउँने मन्त्रालयका सचिवले नै गैरकानूनि अशभ्य, अशिष्ट, तल्लो स्तरको बोलीभाषाको प्रयोग गरेका छन् । प्रयोग भएको बोलिभाषा सचिवको नभएर कुनै राजनीतिक दल, ठेकेदार र कुनै व्यवसायीक एजेन्टको जस्तो आएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शोभाकान्त पौडेलले पत्रकार माथि गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघको केन्द्र, कर्णाली प्रदेश र सुर्खेत शाखाले ध्यानाकर्षण भएको जनाएका छन् ।

विहिवार दिउँसो समाचार संकलन (बाइट) का लागि मन्त्रालयमा पुगेका कान्तिपुर टेलिभिजनका लागि सुर्खेतमा कार्यरत पत्रकारद्वय पूर्णबहादुर खड्का र नविनजंग शाहीलाई तीन दिन अघि (साउन २६ गते) पदभार सम्हालेका सचिव पौडेलले धम्क्याउने मनसायले हतोत्साहित गराउने उद्देश्य राखेर दुव्र्यवहार गरेका हुन् ।


महासंघको विज्ञप्तीमा भनिएको छ‘पत्रकारद्वय बिहिवार (२९ गते) समाचार संकलनको क्रममा (बाइट) को लागि बारम्बार फोन गर्दा पनि रिसिभ नगरेको र कार्यालयको गेटमै गएर सम्पर्क गदासमेत ‘तिम्रो मालिकलाई त मैले भेट्दैन, तिमीलाई कहाँ भेटछु’ भन्दै दुव्र्यवहारयुक्त शब्द प्रयोग गरेका थिए ।

समाचार संकलनको लागि खटिएका पत्रकारलाई सहज रुपमा सूचना दिनुको साटो वा दिने वातावरण मिलाउनुको साटो हतोत्साहित हुने गरी भएको व्यवहारले स्वतन्त्रपूर्वक समाचार संकलन गर्ने कार्यमा हस्तक्षेप भएको छ ।’  महासंघले आगमी दिनमा यस्ता व्यवहार नगर्न समेत विज्ञप्ती मार्फत सचेत गराएको छ ।

पत्रकारका अनुसार ‘पटक पटक फोन सम्र्पक गर्दा समेत उनले नउठाएपछि मन्त्रालयमा पुगेका थियौँ । मन्त्रालयमा पुगेका पत्रकारलाई सुरक्षाकर्मीले गेटमा रोकेर सोध्नुपर्ने भन्दै सचिव कहाँ पुगेर फर्किएपछि सुरक्षाकर्मीले भने,‘नभेट्ने गरे, काम के हो फोनबाटै गर्नुहुन्छ गरे’ । कोरोना भाईरसको त्रासकै कारणले नभेट्ने मनसाय भएपनि भौतिक दुरी कायम गरेर अर्थात कार्यकक्ष भन्दा बाहिरै भेट्न सकिने र प्रविधिको प्रयोग गर्ने अवस्था हुदाँ हुदैँ पनि सचिव पौडेलले पत्रकारमाथि यस्तो दुव्र्यवहार गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार