रुकुममा निषेधाज्ञा यातायात पूर्ण बन्द

प्रचण्ड खत्री
रुकुम पश्चिम, २८ साउन ।
रुकुम पश्चिममा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेसंगै चहलपहलमा कमि भएको छ । सदरमुकाम खलंगामा बिषेश कामले जाने स्थानीयहरुलाई असहज भएको स्थानीयहरु बताउँछन । तीज नजिकिएसंगै महिलाहरु तीजका सामाग्री किन्न, सुनका बाला, माडुली, तिलहरी, जो हो गर्न जाने महिलालाई बजार सिल भएपछि घरमा बसेर पुरानो गहना लगाउन बाध्य भएको मुसिकोट नगरपालिका रातामाटा कि ३५ बर्षिय प्रमिला खड्काले बताईन ।

बजार सिल कारण रुकुम पश्चिम खलंगाका नेपाल राष्ट्र बैंक बाहेक अरु सबै बैंक बन्द भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । कोरोना भाईरस जिल्लामा अत्याधिक मात्रामा फैलिएको छ । जिल्ला प्रशासनले भाद्र २ गत्ते सम्मको लागि मुसिकोट नगरपालिकालाई ४ किल्ला तोकेर सिल गरेको छ ।

Blood sample with coronavirus positive

मुसिकोट नगरपालिका स्वास्थ्य सेवा कार्यालय सल्लेदेखि खलंगा बजार हुँदै शितलपोखरी चोकसम्म र पिपलनेटादेखि मुसिकोट नगरपालिका वडा नं. ६ को वडा कार्यालय सम्मको ४ किल्ला भित्रको ठाउँ सिल गरेको छ । शिलबन्दीका कारण जनजीबन कस्टकर भएको प्रशासनले जनाएको छ । सिल गरिएको ठाउँमा पैदल यात्री पनि जान दिएका छैनन ।

अत्याबश्यक सेवा बाहेक अरु सेवा सञ्चालन भएका छैनन र शान्ति सुरक्षा, स्वास्थ्य, विद्युतीय कार्य, दूरसञ्चार, खानेपानी, दुग्धजन्य पदार्थ, फोहोर मैला ब्यबस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी पसल, खाद्यान पसल, एम्बुलेन्स, तरकारी आपूर्ति, मुद्दा सम्बन्धि कार्यहरु संचालन हुने प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए ।

खलंगाबाट बाहिरिने साना तथा ठुला सवारी साधन पनि चल्न पाएका छैनन । सिलबदीका कारण जिल्ला भित्रिने र बाहिरिने साना तथा ठुला गाडी पनि चलन पाएका छैनन । रुकुम पश्चिम खलङ्गा बजारका एक कपाल ब्यबसायिलाई कोरोना पुष्टी भएको थियो । कोरोना पुष्टी भए लगत्तै जिल्ला प्रशासनले ४ किल्ला तोकेर सिलाबन्दी गरेको थियो । उनी अहिले मुसिकोट नगरपालिकाको आईसुलेसनमा उपचार गराईरहेका छन् । जिल्ला सिल गरेसंगै खलंगामा बस्दै आएका सर्बसाधारण घर फर्केका छन बजार भने सुनसान छ ।

तपाईको प्रतिक्रिया