सडकछाप भुस्याहा चिन्तन

✍️नारायण प्रसाद कोईराला
महान लक्ष तय गरेर हिडेको मेरो घुस्याहा
गन्तव्यहिन बनेर सडकमै सुस्ताएको छ !
परिवर्तनकारी मेरो भुस्याहा सडकछाप हुँदा
आस्था,सिध्दान्त र दर्शन कप्फन भएको छ !

सडकछाप जिन्दगी नकच्चरो भयपछि
लाज पचाएर सडकमै भुक्नु पर्दाेरहे छ !
सडककै चिल्लो कार र महलका निम्ति
राजनीतिकै भाषामा भीख जुटाईरहेछ !
अजम्बरी सपना छ विचरा सडकमा उसको भुस्याहाहरुको डरले अजेय जाडेभैरहेछ !
सडक बाहेक अन्त जान पनि त सक्तैन
उसका लागि सवै खुल्लाढोका बन्द छ !

बफे डिनरको जुठो र बासी ह्विस्कीमा रमेर
ईज्यत बेईज्यत हुँदा पनि दुधैले नुहाएको छ !
भ्रष्टाचारको स्वाद अमृतै हो उसका लागि
किनकि अर्थको समुद्र मन्थन गर्न जानेको छ !
मालिकलाई मै मात्र भुक्छु भन्ने विस्वास दिन
धेरै भाषाको डाकोमा सडकमा भुकेको छ !
अब त मालिकले थाहा पाईसक्यो क्यार
हल्लाएको पुच्छर त कलोकै लागि रहेछ ।

मालिकको विस्वास टुटेको छ भुस्याहासँग
सडकमै घुस्याहा भुस्याहाको सँगत गरेको छ
रिसले चुर भएको छ भुस्याहाको मालिक
अर्काे पटक राम्रो पाले छानी राख्ने भाको छ !

तपाईको प्रतिक्रिया