कोरना संक्रमणको जोखिममा कालिकोटमा लाखे नाच्दै

तुलराज पाण्डे
कालीकोट, २८ साउन ।
कालीकोट जिल्लामा यस पालिका पनि लाखेनाच रोकिएन । अन्य दिनमा पहिलाको जस्तो जात्रा नलागेपनि कृष्णअष्ठमीको रातीवाट जात्रा पुरानै शैलिमा सुरु भएको छ । मंगलवार राती १२ वजे कृष्णको जन्म गराएपछि जात्राको भिड पहिलेका वर्ष जस्तै देखिएको छ ।  कृष्ण जन्मेको भोली पल्ट लाखे काटेर जात्राको अन्ते हुन्छ । वुधवार अर्थात आज कालीकोटको सदरमुकाम मान्ममा लाखे नाच हेर्नेहरुको भिड निकै लागेको छ ।

कोरोनाको त्रासले यातायात देखि होटल पसल सबै बन्द छन् । प्रहरीले बाटोमा हिड्ने कुनै पनि नागरिकले मास्कको प्रयोग नगरेको देखेमा एक सय रुपैयाँ जरिवाना लिने गरेको छ । तर लाखे काट्ने जात्रामा भने सयाँैको भिड छ ।  प्रहरीले पनि जात्रा हेरिहेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामवावु ओलियाले बिना अनुमति जात्रा लगाएको सुचना पाएपछि आफुले तत्काल बन्द गराएको बताउनुभयो ।

डिएसपी ओलियाले बन्द गरेको दावी गरेपनि जिल्ला समन्वय समितिको मैदानमा सयौँको संख्यामा नागरिकको सहभागीतामा लाखे नाच जारी रहेको छ । प्रहरीले पनि रोकेको दावी गरेपनि आफ्नो सबै प्रक्रिया पुरा गरेर छोटो समयमा जात्रा सक्ने योजना रहेको आयोजकले बताएका छन् । लाखे नाँचमा सहभागी अमित शाहि (मिलन)ले एक घण्टा भित्र सक्ने योजनाका साथ जात्रा सुरु भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया