चिङ्गाडको केन्द्र विवाद अदालतमा

सुर्खेत, २८ साउन ।
सुर्खेतको चिङ्गाड गाउँपालिकाको केन्द्र विवाद अदालतमा पुगेको छ । गाउँपालिकाको केन्द्र अवलचिङमा हुनुपर्ने माग गर्दै लालबहादुर जिसी, भक्तबहादुर आरसी, मोहन राना र तिलबहादुर रानाले २६ गते (आइतबार) उच्च आदालत सुर्खेतमा निवेदन हालेका हुन् । चिङ्गाडमा गाउँपालिकाको केन्द्र अवलचिङ कि पुङ्खेत भन्ने विषयमा दुई पक्षबीच विवाद हुँदै आएको छ ।

२०७५ माघ ७ गतेको गाउँसभाले गाउँपालिकाको केन्द्र पुङ्खेत सार्ने निर्णय गरेपछि विवाद हुँदै आएको छ । गाउँसभाले केन्द्र सार्ने निर्णयका बिरुद्ध अर्काे पक्षले २०७५ माघ २० गते मुख्यमन्त्रीको कार्यालयमा निवेदन पेश गराएका थिए । झण्डै १८ महिनापछि केन्द्र सार्ने निर्णय अनुमोदन गरिदिन भन्दै पालिकाको बैठकले प्रदेश सरकारलाई असार ९ गते आग्रह गरेको थियो ।


पालिकाको बैठकले निर्णय अनुमोदन गरिदिन आग्रह गरेपछि असहमत पक्षले आइतबार उच्च आदालतमा निवेदन (मुद्दा) दर्ता गरेका थिए । आदालतले साउन ३२ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । विपक्षहरुले गाउँपालिकाको केन्द्र पुङ्खेतमा भौतिक पूर्वाधारको अभाव, अपायक, खेती योग्य जमिन, कम क्षेत्रफल भएको, असुरक्षित प्राकृतिक विपत्तिको जोखिम रहेको भन्दै अवलचिङ्मै पालिकाको केन्द्र हुनुपर्ने अडान राख्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार