उद्दार कार्यमा संलग्न टोलीलाई सम्मान

प्रचण्ड खत्री
रुकुम पश्चिम, २७ साउन ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नं. ३ र ५ को बिचमा पर्ने स्यार्पुतालामा साउन ७ गत्ते डुबेर निधन भएका परिबारले उद्दार कार्यमा संलग्नलाई सम्मान गरिएको छ । २२ जना टोलीलाई अनिल घर्ती र लोक बहादुर घर्तीका परिवारले १ सेट डायरी चिनो दिएर सम्मान गरेको वडा अध्यक्ष कस्तुप प्रकाश दाहालले जानकारी दिए ।

वडा खेलकुद बिकास समितिलाई अनिल घर्ती र लोक बहादुर घर्ती भलिबल खेलाडी भएका कारणले उनका परिवारले १ थान बल, १ थान नेट, १ थान पम्प हिसाब राख्नको लागि १ सेट डायरी गरी ७ हजार बराबरको सामान वडा खेलकुद विकास समितिलाई हस्तान्तरण गरेको वडा सचिव गोपाल डाँगीले बताए ।

बाँफिकोट गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयले उद्दार कार्यमा खटिएका युवाहरुलाई दोसल्ला, सम्मान पत्र र नगत १ हजारका दरले वडा कार्यालयले सम्मान गरेको वडा सचिब डाँगीले बताए र मंगलबार वडा कार्यालय एक कार्यक्रमबीच सम्मान गरिएको हो । साउन ७ गते माछा मार्न भन्दै १५ जनाको युवाको समूह बडगाउँबाट स्यार्पुताल पुगेका थिए ।

पौडी खेल्ने क्रममा साथीलाई बचाउन लोक बहादुर तालमा पुगेका थिए । तालमा पुगेका लोक बहादुर नत साथीलाई बचाए नट आफु बाच्न पाए । दुवै युवा मर्दा गाउँ नै शोकमय बनेको छ । २ होनाहार युबा गुमाउँदा सिंगो बडगाउ गाउँ नै भाबुक बनेको थियो ।

तपाईको प्रतिक्रिया