जन्माष्टमिको देवस्थलमा लाग्ने मेला स्थगित

दुर्गा विसी
सिम्ता, २६ साउन ।
श्री कृष्ण जन्माष्टमिको दिन लाग्ने देवस्थल मेला स्थगित गरिएको छ । मेलासँगै पुजाआजाका सम्पूर्ण कार्यक्रम समेत बन्द गरिएको छ । कोरोना नियन्त्रण स्वरुप भिडभाड नगर्न बनगाड कुपिण्डे नगरपालिकाले सुचना समेत जारी गरेको छ ।

मेला स्थगितसँगै कृष्ण मन्दिरमा पुजाआजाको कार्यक्रम समेत बन्द गरिएको छ । प्रभाकर माध्यमिक विद्यालय प्राङ्गणमा भित्र मन्दिर भएकोले र मेला पनि भित्रै लाग्ने भएकोले यो बर्ष उक्त विद्यालयमा आइसुलेसन वार्डसँगै ५ जना कोरोना पोजेटिभ समेतलाई राखिएकोले पुजाआजाको लागि मन्दिरमा प्रवेश नगर्न अनुरोध गरिएको छ ।

संधैंका बर्षमा धुमधामका साथ लाग्ने मेला यो बर्ष भने कोभिड–१९ का कारण स्थगित गरिएको बताएको छ । मेला स्थगित गरिएको छ । कोरोना नियन्त्रण स्वरुप र उक्त क्षेत्रमा आइसुलेसन वार्ड समेत रहेकोले सबै नगरवासी तथा भक्तालुलाईभित्र प्रवेश नगरीदिन बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जानकारी दिनुभएको छ ।

मेलासँगै हरितालिका तीज नजिकै गर्दा भिडभाड गरेर नाच गानका कार्यक्रम नगर्न अपिल गरिएको छ । हाल पछिल्लो समय कोरोना व्यापक रुपमा फैलिन थालेकोले भौतिक दुरी, मास्क लगाउन र सचेतना अपनाउन जनमानसमा हार्दिक अनुरोध गरिएको खड्काको भनाई छ । भारतबाट आउने नागरिक दिनप्रतिदिन वढिरहेको र केही दिन अगाडि खाली भएको आइसुलेसनमा पुनः ५ जना कोरोना पोजेटिभ थपिएका छन् ।

तपाईको प्रतिक्रिया