खुकुरी संघ सुर्खेतको अध्यक्षमा मल्ल

सुर्खेत, २५ साउन ।
नेपाल केम्पो खुकुरी मार्शल आट्र्स संघ जिल्ला कार्यसमिति सुर्खेतको प्रथम भेला आइतबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेलाले बाबुराम मल्लको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा ज्ञानु विशुन्के, सचिवमा याम प्रसाद उपाध्याय, कोषाध्यक्षमा प्रभात पोख्रेल चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा दिलिप वि.क., नरमता कार्की, सपना नेपाली, चित्र बहादुर थापा, अशोक रावत, पवन कुमार विसी, मान बहादुर कार्की, सुरेश तिवारी, सुदिप दाहाल, नारायण पाण्डे, सुदिप क्षेत्री चयन हुनुभएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्र बहादुर गिरीको प्रमुख आतिथ्यता र नेपाल केम्पो खुकुरी मार्शल आट्र्स संघ कर्णाली प्रदेशका महासचिव खिमलाल देवकोटाको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । भेलामा युवा संघ नेपालका केन्द्रीय सदस्य गणेशमान खनाल, विद्यालय हरियाली अभियानका अभियान्ता किरण किशोर सापकोटासहितले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया