सुर्खेत, २५ साउन ।
आइतबार २६ औं विश्व अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतले रक्तदान कार्यक्रम गरि मनाएको छ । नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका कार्यवाहक अध्यक्ष जीवनकुमार शाक्यले कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरी वीरेन्द्रनगरमा हाल रगतको अभाव भैरहेको हुँदा रक्तदान कार्यक्रम गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘यो बर्ष अन्य कार्यक्रम स्थगित गरेका छौं ।’ कार्यक्रममा १० जना महिला र १० जना पुरुषले रक्तदान गर्नुभएको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतका प्राविधिक देपेन्द्र केसीले जानकारी दिनुभयो ।
युग संवाददाता । । २५ श्रावण २०७७, आईतवार १४:१३