पि.सि.आर टेस्ट रिपोर्ट एकै ब्यक्तिमा  फरक फरक किन ?

शंकर शाही/ल्याब इन्चार्ज                                                                                                                                              (कोभिड–१९ पीसीआर प्रयोगशाला, दैलेख)

सन् २०१९ को अन्तिम महिनामा चिनको वुहानबाट सुरु भएको कोरोन भाइरस (कोभिड–१९) नामक नयाँ कोरोना भाइरसले संसारभरीनै गम्भीर खालको निमोनिया र स्वासप्रश्वासको रोग निम्त्याउन शुरु ग¥यो । शुरुवाती दिनमा यसलाई २०१९ नोवेल कोरोना भाइरस भनियता पनि पछि यसबाट हुने रोगलाई कोभिड–१९ भनि यो भने यो रोग लगाउने भाइरसलाई सिभिअर एक्युटरेस्पिरेटोरी सिन्ड्रोम कोरोना भाइरस–२ (सार्सकोभ–२ ) भनियो भने यो भन्दा पहिला सन् २००३ मा सार्स कोरोना भाइरसर सन् २०१२ मा मर्स कोरोना भाइरस देखिएका थिए । कोरोना भाइरस एक ब्यक्तिबाट अर्को व्यक्तिमा मास्क नलगाई हाछ्यु गर्दा, खोक्दा र बोल्दा मुखबाट निस्किने साना ड्रप्लेटहरु अर्को व्यक्तिको नाक, मुख र आँखाको माध्यमबाट शरीरभित्र प्रवेश गरेमा सर्दछ ।

त्यसैले यसबाट बच्नको लागि संधै मास्कको प्रयोग गर्नुपर्दछ । खोक्दा, हाछ्यु गर्दा रुमाल अथवा टिस्सु पेपरले छोपेर मात्र गर्नुपर्दछ भने साबुन पानीले मिची मिची हात धुने बानी बसाल्नु पर्दछ, सामाजिक दुरी कम्तिमा १ मिटर कायम गर्नुपर्दछ । भिडभाडमा जानुहँुदैन । सबैले बारम्बार छुने बस्तुहरु छोएपछि ह्यनड्स्यानिटैजर को प्रयोग गर्नुपर्दछ अथवा कम्तिमा २० सेकेन्डसम्म साबुन पानीले हात धुनुपर्दछ । नेपालमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरुमा प्रयाप्त मात्रामा लक्षणहरु नदेखिएपनि ज्वोरो आउनु, सुख्खा खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु र पखाला लाग्नु यसका प्रमुख लक्षणहरु हुन । कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउनको लागि प्रमुख दुइ वटा तरिका अपनाइएको पाईन्छ जस आन्तर्गत

१.डाइरेक्ट भाइरस छ छैन भनेर पत्ता लगाउने बिधि
२.कोरोनाको संक्रमण भैसकेपछि हाम्रो शरिरले कोरोनाको बिरुद्दमा निकाल्ने रोग प्रतिरोधात्मक तत्वको जाचँ गर्ने जसलाई हामी सेरोलोजिकल टेस्ट पनि भन्दछौं ।

डाइरेक्ट भाइरस छ छैन भने र पत्ता लगाउनको लागि विभिन्न बिधिहरुको प्रयोग गरिन्छ जसमा धेरै प्रयोग भैरहेको विधिको नाम हो आरटी पीसीआर टेस्ट भने अर्को बिधि हो आइसोथर्मल एम्प्लिफिकेसनएस्से त्यससंग संगै ¥यापिड एण्टिजिन डिटेक्सनटेस्ट पनि प्रयोग गर्न सकिन्छ । सेरोलोजिकल टेस्टहरुमा एकदमै चलन, चल्तीमा रहेको आरडिटी टेस्ट अथवा यसलाई ¥यापिड एण्टिबडिटेस्ट पनि भनिन्छ भने अन्नेटेस्टहरु माइलाइजा , किलिया र न्युट्रलाइजेसन एस्सेहरु पर्दछ । तर सबैभन्दा राम्रो गोल्डस्ट्याण्डर्ड मानिएको टेस्ट बाहिँरिअलटाइम पीसीआर टेस्टनै हो । पीसीआर भनेको पोलिमरेजचेनरियाक्सनहो यो शंसारभर व्यापक रुपमा प्रयोग गरिएको मोलिक्युल र बायोलोजी (आणविक जीवबिज्ञान) प्रबिधि हो यसमा कोरोना भाइरसको आनुबांशिक तत्व (जेनेटिककम्पोनेन्ट) छ कि छैन भनेर हेरिन्छयो । अत्यधिक संबेदनशील बिधि हो ।

यसमा संकलन गरिएको नमुनालाई आधिकारिक प्रयोगशालामा ल्याएपछि त्यसलाई २ चरणमा परिक्षण गरिन्छ । पहिलो चरणमा नमुनामा भएको भाइरसको आरएनए छुट्याइ छ त्यस बिधिलाई आरएनए एक्सट्रयाक्सन भनिन्छ । दोश्रो चरणमा एक्सट्रयाक्सन गरिएको आरएनएलाई कोभिड–१९ को बिसेषप्राइमरसँगजुधाइञ्छरसंक्रमणसंकागरिएकाव्यक्तिको नमुनामा कोरोना भाइरसको आनुबांशिकतत्व (जेनेटिककम्पोनेन्ट) छैन भने कुनै प्रतिक्रिया आउदैन र नतिजा नेगेटिभ आउँछ । तर संक्रामित व्यक्तिको नमुनामा कोरोना भाइरसको जेनेटिक कम्पोनेन्टछ भने त्यो बिशेष प्राइमरसँग मेल खान्छ र एउटा रंगिन चित्र (फ्लोरेसेंस ) देखिन्छ जसले परिणाम पोजेटिभ भएको पुष्टि गर्दछ । तर एउटा गुणस्तरीय रिपोर्ट निकाल्नको लागि प्रयोगशाला र त्यसमा प्रयोग भएको बिधि मात्र नभयरन मुना संकलन, नमुनाको प्रकार, नमुनाको भण्डारण, संक्रमणको अबस्था, नमुनाको वसारपसारले ठुलो भूमिका खेल्छ जसलाई हामी प्राबिधिक भाषामा प्रि– एनालाइटिकल फेज भन्दछौ, जसले ५० देखि ८० प्रतिशतसम्म रिपोर्टको गुणस्तरियतालाइ निर्धारण गर्छ । तसर्थ नमुना निकाल्ने व्यक्तिले यस पक्षमा बढीनै ध्यान दिन जरुरि छ ।

नभए एकै व्यक्तिमा एकै दिनमा निकालेको नमुनामा पनि फरक फरक रिजल्ट आउनसक्छ जसमा मेसिन, मेनपावर, मेथडर मेटेरियलको कुनै दोष हुँदैन भने अर्को पक्ष भने कोकोरोना संक्रमित व्यक्तिको नमुना संकलन भएकै दिन अथवा संक्रमण भएको एक दुइ दिनमै नमुना संकलन गर्दा संकल नगरेको नमुनामा प्रयाप्त मात्रामा कोरोना भाइरसको जेनेटिक कम्पोनेन्टन पाइनुले पनि रिजल्ट नेगेटिभ आउन सक्छ । त्यहि व्यक्तिको नमुना पुन तेस्रो वा चौथो दिनमा संकलन गरेर जाचँ गर्दा रिपोर्ट पोजेटिभ आउन पनि सक्छ । संक्रमण भएको पहिलो हप्ता अथवा ३ देखि ७ दिन सम्म भाइरसको संख्या उच्च हुन्छ भने बिस्तारै हाम्रो सरिरले रोग प्रतिरोधात्मक तत्वको बिकास गरेसंगै भाइरसको संख्या घट्दै जान्छ । पीसीआर बिधिबाट रिपोर्ट पोजेटिभ आउनको लागि १ एमएल नमुनामा ५०० भन्दा बढी भाइरसको संख्या हुनुपर्दछ ।

त्यसैले कोरोनाको संक्रमणको लक्षण भएका अथवा संका लागेका व्यक्तिहरुमा पीसीआर रिपोर्ट नेगेटिभ आउँदैमा उ संक्रमित भएको छैन भन्न सकिँदैन । अरु प्रबिधि भन्दा धेरै सम्बेदनसिल र खर्चिलो प्रबिधि भएको हुनाले कोरोना संक्रमणको लक्षण नदेखिएका जाँचको मापदण्डमा नपरेका र अति आवस्यक नभएका व्यक्तिहरुमा पीसीआर टेस्टन गराउँदा पनि हुन् । कोरोना संक्रमण भैसकेपछि पनि २ देखि ३ हप्तामा हाम्रो शरीरले कोरोनाको विरुद्धमा रोग प्रतिरोधात्मक तत्वको बिकास गर्ने र कोरोना भाइरसलाई बिस्तारै निस्क्रिय पार्ने भएकोले पनि पीसीआर टेस्ट नेगेटिभ देखिन सक्छ यस्तो बेलामा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने सम्भावना पनि एकदमै न्यून अथवा शुन्य बराबर हुन्छ ।

तपाईको प्रतिक्रिया