कर्णालीमा संक्रमण थोरै, तर जोखिम धेरै

समुदायमा थालियो कोरोना परीक्षण

सुर्खेत, २५ साउन ।
कर्णाली प्रदेशमा समुदायस्तरमा कोरोना परीक्षण थालिएको छ । पहिलो चरणमा सुर्खेत र दैलेख जिल्लामा समुदायस्तरमा परीक्षण थालिएको हो । शुक्रबारसम्म समुदायका दुई हजार चारसय ५२ जना पीसीआर परीक्षण गरिएको छ । जसमध्ये सुर्खेतमा समुदायका दुई हजार जना नागरिकको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये झण्डै ४० जनाका संक्रमण पुष्टि भएको छ । संक्रमितहरु पेशाले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सेवाग्राहीहरुको भिडहुने क्षेत्रमा कार्यरत थिए । संक्रमितहरु लामो समयदेखि क्वारेन्टाइन र आइसोलेसनका कार्यरत थिए । त्यस्तै दैलेखमा समुदायमा रहेका चारसय ५२ जनामा कोरोना परीक्षण गरिएको छ ।

पीसीआर रिपोर्ट अनुसार दैलेखमा पनि कोरोना संक्रमण समुदायमा फैलिएको छैन । ‘क्वारेन्टाइनभन्दा बाहिरका व्यक्तिमा कोरोना त देखिएको छ, तर समुदायमै कोरोना पुगि सकेको छैन’ जनस्वास्थ्य कार्यालय दैलेखका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मी भन्छन्, ‘लकडाउन खुलेपछि संक्रमण फैलिने उच्च जोखिम भने देखिन्छ ।’ दैलेखमा समुदायस्तरका गाउँपालिकाबाट ७० जना र नगरपालिकाबाट ८० जनाको पीसीआर परीक्षण गरिएको थियो ।

समुदायमा संक्रमण नदेखिए पनि सुर्खेतमा कोरोना संक्रमणको जोखिम उच्च रहेको छ । प्रदेशको मुख्य नाका भएका कारण कर्णाली प्रदेशका दश जिल्लामध्ये सुर्खेत सबैभन्दा उच्च जोखिममा परेको हो । नागरिककै कारण सुर्खेतमा कोरोना संक्रमणको जोखिम बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । ‘सार्वजनिक यातायात सञ्चालन भएपछि संक्रमित क्षेत्रबाट दिनदिनै नागरिक गाउँ फर्किरहेका छन्,’ जनस्वास्थ्य अधिकृत चेतननिधी वाग्ले भन्छन्, ‘संक्रमित क्षेत्रबाट आउने नागरिककै कारण सुर्खेत कोरोना संक्रमणको उच्च जोखिममा छ ।’

अहिले पनि भारत र तराइका जिल्लाबाट गाउँ फर्कनेक्रम रोकिएको छैन । संक्रमित क्षेत्रबाट आएको होइन भनेर ढाँट्ने र क्वारेन्टाइनमा बस्न गाह्रो मान्ने व्यक्तिका कारण संक्रमण फैलिने जोखिम रहेको उनको तर्क छ । सुर्खेत कोरोनको उच्च जोखिममा रहेका कारण परीक्षण दायर निकै बढाइएको छ । कार्यालयको तथ्याङ्क अनुसार सुर्खेतमा शुक्रबारसम्म नौ हजार आठ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये पाँचसय ८० जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये पनि ५१ जना अन्य जिल्ला र प्रदेशका छन् । सुर्खेतमा शुक्रबारसम्म दुई सय ९६ जना विभिन्न क्वारेन्टाइनमा बसेका छन् । जसमध्ये वीरेन्द्रनगरको खुल्ला मञ्चमा एकसय ९३ जना, भेरीगंगामा ४९ जना, चिङ्गाड १७, सिम्ता १५ गुर्भाकोटमा १९ जना छन् ।

संक्रमितको सम्पर्कमा नरहेका पाँच जनामा पनि कोरोना
कोरोना संक्रममितको सम्पर्कमै नरहेका समुदायका पाँच जना कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुको न ट्राफिक हिष्ट्री छ, न त परिवारका कुनै पनि सदस्य विदेशबाट फर्किएका छन् । संक्रमित क्षेत्रबाट फर्किएका कुनै पनि व्यक्तिसँग सम्पर्क नभएका पाँच जनामा पनि संक्रमण पुष्टि भएको हो ।

जसमध्ये सुर्खेतका दुई जना र दैलेखका तीन जना छन् । दैलेखको आठविस नगरपालिकाका दुई जना र भगवतीमाई गाउँपालिकाका एक जना छन् । सुर्खेतका संक्रमितको स्थानीय तह खुलाइएको छैन । तर पनि समुदायका संक्रमण नफैलिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

परीक्षण दर घट्यो
पछिल्लो समय प्रदेशमा कोरोना परीक्षणको दायरा घटेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हिजोआज पनि दैनिक पाँच सयको पीसीआर परीक्षण गरिदै आएको छ । प्रदेशका चार वटा पीसीआर मेसिनबाट जम्मा पाँच सयको हारहारीमा परीक्षण गरिँदै आएको हो ।  प्रदेशभर बिहीबार चारसय ७५ जना र शुक्रबार चारसय ३३ जनाको मात्रै पीसीआर परीक्षण गरिएको थियो ।

परीक्षण गरिएको रिर्पाेट अनुसार प्रदेशमा संक्रमण दर घट्दो क्रममा रहेको छ । क्वारेन्टाइनबाट बसेका र विदेशबाट आएको नागरिक घटेसँगै संक्रमितको संख्या घटेको मन्त्रालय बताउँछन् । यद्यपी संक्रमण जोखिम नघटेको भन्दै परीक्षणको दायरा अझै बढाउने मन्त्रालयको भनाइ छ । जसका लागि दैनिक एक हजार स्वाव परीक्षण गर्न मिल्ने तीन वटा मेसिन थप गर्न लागिएको छ ।

विदेशबाट आएका ९९ प्रतिशतमा कोरोना
पछिल्लो समय भारत र तेस्रो मुलुकबाट आउने नागरिकका कारण कोरोना संक्रमणको जोखिम बढेको छ । भारतलगायत तेस्रो मुलुकबाट आउने नागरिकबाट कोरोना फैलिने सम्भावना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशक रीता भण्डारीका अनुसार पछिल्लो समय विदेशबाट फर्किएका ९९ प्रतिशतमा नागरिकमा कोरोना पुष्टि हुने गरेको छ ।

‘पछिल्लो समय भारत र तेस्रो मुलुकबाट फर्केका ९९ प्रतिशत नागरिकमा कोरोना संक्रमित छन्’ भण्डारी भन्छिन्, ‘अहिलेसम्म कोरोना नियन्त्रण उन्मूख छ, तर अब आउने नागरिकबाट संक्रमणको उच्च जोखिम छ ।’  विदेशबाट आउने प्राय सबैका संक्रमण देखिएपछि हाल सबैको अनिवार्य रुपमा पीसीआर परीक्षण गरिदै आएको छ ।

तर नाकाबाट गलत सूचना दिएर प्रदेशमा भित्रिने र गाउँमा लुकिछिपी गाउँ व्यक्तिका कारण कोरोना संक्रमण फैलिने उच्च सम्भावना रहेको छ । विदेशबाट आउने कोरोनाको कडा लक्षण देखिएका कारण कोही लुकिछिपी बसेको खण्डमा कोरोना नियन्त्रणभन्दा बाहिर जाने निर्देशनालयको चेतावनी छ ।

अझैं आठसय क्वारेन्टाइनमा
कर्णाली प्रदेशमा अझैं आठसय बढी नागरिक क्वारेन्टाइनमा छन् । कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार शुक्रबारसम्म प्रदेशभर आठसय तीन जना नागरिक क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये सुर्खेत र दैलेखमा धेरै नागरिक क्छन् । तथ्याङ्क अनुसार सुर्खेतमा सबैभन्दा बढी अर्थात तीन सय ३२ जना र सल्यानमा दुई सय ८२ जना विभिन्न क्वारेन्टिनमा छन् ।

त्यस्तै मुगु ३० जना, कालिकोटमा ११, दैलेखमा २६ जना, जाजरकोटमा एक सय तीन जना र रुकुमपश्चिममा १९ जना क्वारेन्टाइनमा बसेको निर्देशनालयको कोरोना फोकलपर्शन श्याम आचार्यले जनाकारी दिए । अनलाइनबाट परीक्षामा सहभागि हुनसक्ने अवस्थासमेत नरहेको गुनासो गरेका हुन् ।

साथै लकडाउन अवधिमा क्याम्पस बन्द भए पनि शुल्क तिर्न बाध्य पारिएको विद्यार्थीले बताएका छन् । तर कोरोना कारण विद्यार्थीहरु भौतिक रुपमा क्याम्पसमा उपस्थित भई परीक्षा दिन असम्भव भएको भन्दै मध्यवर्ती परीक्षा विद्युतीय माध्यमबाटै सञ्चालन गर्न लागिएको परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डा. आनन्दप्रसाद सुवेदीले बताए ।

प्रश्नपत्रको ढाँचा भने वस्तुगत, विषयगत र प्रोजेक्टवर्कमा आधारित हुने उनको भनाइ छ । अनलाइन कक्षाबाट कोर्ष पुरा भएका विद्यार्थीहरुले भने स्वतः अपग्रेड (अर्को सेमेष्टर) मा अध्ययन गर्न पाउने छन् । तर अपग्रेड गरिएका विद्यार्थीहरुले भने कोरोनाको सामान्य अवस्था आएपछि बार्षिक परीक्षामा सहभागी हुनुपर्नेछ । त्यही परीक्षाको नजिता अनुसार नै सेमेष्टर पास/फेलको निर्धारण गर्ने विश्वविद्यालयले निर्णय गरेको छ । तर अधिकांश विद्यार्थीहरु अनलाइन कक्षाको पहुँचमा नरहेको देखिएको छ ।

गाउँ फर्किनेक्रम रोकिएन
लकडाउन भएको चार महिना पुगिसक्दा पनि नागरिकहरु गाउँ फर्किनक्रम रोकिएको छ । बिहीबार मात्रै कर्णालीमा एक २६ जना नागरिकहरु गाउँ फर्किएका छन् । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार बिहीबारसम्म प्रदेशमा ५३ हजार पाँचसय २७ जना नागरिक गाउँ फर्किएका छन् ।

जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात ३४ हजार चार सय ५४ नागरिक गाउँ फर्किएका छन् । त्यस्तै तेस्रो मुलुकबाट मात्रै ६ सय ३० र अन्य प्रदेशबाट १८ चार सय ४३ जना नागरिकहरु गाउँ फर्किएका छन् । कोरोनाको त्रासपछि विदेशमा उद्योगधन्दाहरु बन्द हुँदा विदेशिएका नागकिरहरु गाउँ फर्कनेक्रम जारी रहेको छ ।

तपाईको प्रतिक्रिया