हाम्रो कृषि तथा पशुपालन सहकारीको साधारणसभा

सुर्खेत, २४ साउन ।
हाम्रो कृषि तथा पशुपालन सहकारी संस्था लि. पञ्चपुरी ५ को तेस्रो चुनावी साधारणसभा शनिबार बाबियाचौरमा सम्पन्न भएको छ । फुलबारी कृषि तथा पशुपालन सहकारी संस्था र भावर कृषि तथा पशुपालन सहकारी मिलेर बनेको सहकारीले कृषि क्षेत्रमा काम गर्दै आएको छ ।

सहकारीको दुई करोड ४९ लाख ९६ हजार ५ सय ७४ रुपैयाँ ४० पैसा बराबरको आय–ब्यय संस्थाका कोषाध्यक्ष मानबहादुर वयकले प्रस्तुत गर्नुभएको छ । साधारणसभाको उद्घाटन सत्रमा बोल्दै कर्णाली प्रदेशका उप–सभामुख पुष्पा घर्तीले छोटो समयमा सहकारीले कृषकको मर्म अनुसार काम गरेको हुँदा प्रशंसा योग्य रहेको बताउनुभयो ।

कृषि मन्त्रालयबाट यस अघि पनि सहयोग भएको बताउँदै उप–सभामुख घर्तीले आवश्यकता अनुसार कृषि क्षेत्रमा लगानी गर्ने वातावरण भएमा सहयोगको लागि पहल गर्ने बताउनुभयो । ब्यक्तिको आर्थिक अबस्था सुधार ल्याउने सहकारीनै भएको हँुदा सहकारीले आर्थिक पारदर्शिता कायम राख्न आग्रहसमेत गर्नुभएको छ ।


शनिवार भएको भेलाले भुपेन्द्र सिजापतिको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा बिष्णा साँवद, सचिवमा टीकाराम खराल, कोषाध्यक्षमा मानबहादुर बयक रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा उदय सिजाली, मिना बयक, गौकली बुढा, क्षिताराम थापा, खगिसरा दर्लामी, निरक बहादुर तारामी र ठगबहादुर कठायत रहनुभएको छ । कार्यक्रममा वडा अध्यक्ष शान्तीराज खराल, होमबहादुर रामजाली, खड्कबहादुर थापा लगायतले साधारणसभाको सफलताको शुभकामना दिनुभएको छ । साधारणसभा कर्णबहादुर तारामीको अध्यतामा सम्पन्न भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार