चुली चिङ्गाड युवा क्लबको अध्यक्ष जि.सी.

सुर्खेत, २३ साउन ।
चुली चिङ्गाड युवा क्लवको अध्यक्षमा महेश जि.सी. चएन भएका छन । चिङ्गाड गाउपालिका वडा नम्बर–३, मा सञ्चालित दुइ यूवा क्लब एक आपसमा एकीकरण भै नयाँ यूवाक्लब गठन गरिएको हो । शुक्रबार चुली यूवा क्लब र चिङ्गाड दर्पन युवा क्लब एक आपसमा एकिकरण भै चुली चिङ्गाड युवा क्लब गठन गरिएको छ । महेश जिसीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिती समेत चएन गरिएको छ ।

क्लबको वरिष्ठ उपाध्यक्षमा मोतिराम रम्तेल, उपाध्यक्षमा खगेन्द्र जिसी, महासचिवमा कृष्ण जिसी, सचीव बिरेन्द्र जिसी र प्रदिप जङ्ग राना, कोषाध्यक्षमा शुसिला सुनार लगाएत १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको अध्यक्ष जिसीले जानकारी दिए । उक्त कार्यक्रम्मा चिङ्गाड गाउपालिका वडा न ३ का अध्यक्ष रेशमबहादुर जिसी, वडा सदस्य मोहनजङ्ग रानाका साथै सामाजिक अगुवा सीता कुमारी बिक, बोधबिक्रम जिसी, अम्मर बहादुर चन्द, सुबास जिसी लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया