वडाध्यक्षकै मिलेमतोमा नक्कली विवाह दर्ता !

सुर्खेत २३ साउन ।
सुर्खेतको एक वडा कार्यालयले नक्क्ली विवाह दर्ता गरेको पाईएको छ । सुर्खेतको चिङगाड गाँउपालिकाको वडा नम्बर ४ को वडा कार्यालयले बसाई सराई गरेर अन्तै गईसकेको व्यक्तिलाई नक्कली विवाह दर्ता गराईदिएको पाईएको हो । हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ मा बस्दै आएको ५७ बर्षिय भिम बहादुर बुढाको चिङ्गाड गाँउपालिका वडा नम्बर ४ को वडा कार्यालयले दोस्रो विवाह दर्ता गरिदिएको हो ।

बुढाले श्रीमती तिलसरी वली (गुर्भाकोट नगरपालिका वडा नं. १) संग विवाह गरेको भन्दै २०७६ माघ ४ गते नक्कली विवाह दर्ता गराएका हुन् । उनले कान्छी श्रीमती संग २०७४ भदौ १९ गते विवाह भएको भन्दै विवाह दर्तामा उल्लेख गरिएको छ । तर सो विवाह दर्ता वडा कार्यालयको रजिष्टरको अभिलेखमा पाईएको छैन् । विवाह दर्तामा दर्ता नम्बर १५६ उल्ल्ेख गरिएको छ । तर वडा कार्यालयको रजिष्टरको अभिलेखमा भने २०७६ सालमा ११३ वटा मात्र भएको देखिएको छ ।

फोटोः पहिलो तथा दोस्रो विवाह दर्ताप्रमाण -पत्र


भिम बुढाले यसअघि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा पहिलो श्रीमती गिता कुमारी बिसी संगको २०७१ साल जेठ ६ गते विवाह दर्ता गराएका छन् । पहिलो श्रीमती संग सामाजिक परम्परा अनुसार २०५८ साल मंसिर १२ गते मागी विवाह भएको हो । भीम बहादुर बिसीको जेठी श्रीमती गिता कुमारी बिसीले जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको मुद्दा हालेपछि बिसी संगै कान्छी श्रीमती अहिले हिरासतमा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले यही साउन १० गते पक्राउ गरी अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोपाल रायमाझीले जानकारी दिए । जेठी श्रीमतीले श्रीमान बहादुरले अब प्रमाण बनाईसके भन्दै जे गर्न सक्छस गर भन्दै बोल्ने गरेको गुनसो गरिन् । साथै उनले नक्कली विवाह दर्ता चिङ्गाड गाँउपालिका वडा नम्बर ४ का वडाध्यक्ष अम्मर बहादुर चन्दको मिलेमतोमा गराईदिएको आरोप लगाईन ।
‘सुर्खेत बजारको एक होटलमा खानपीन गरी भीम बहादुर बिसीको विवाह दर्ता हराएकोले बनाईदिने भन्दै वडा सचिवलाई भनेर विवाह दर्ता गराए, भन्ने सुनेकी छु’, उनले भनिन, ‘त्यो वडाध्क्षले मलाई विवाह गरेको थाहा पाएर पनि आँखा कान फुटे जस्तो गरेछन् ।’ वडाध्यक्ष चन्दले भने नक्कली विवाह दर्ताका बारे केही थाहा नभएको फोनमा बताए ।

‘जिल्ला प्रहरी कार्यालयबाट बोधार्थ पत्रसहित प्रतिक्रिया बुझ्न पत्र पठाएको र प्रमाण नभएको भनेर जवाफ दिएको छु, ‘अध्यक्ष चन्दले भने, कसले कसरी विवाह दर्ताको प्रमाण पत्र बनायो थाहा भएन् ।’ उनले कसरी वडा कार्यालयको छाप प्रयोगमा आयो जानकारी नभएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार