घरेलु हिंसा पीडितलाई इन्सेकद्धारा सहयोग प्रदान

सुर्खेत, २३ साउन ।
इन्सेकद्धारा सञ्चालित पारस्पारिक जवाफदेहिताःमानवअधिकार सुदृद्धिकरण कार्यक्रम अन्र्तगत घरेलुहिंसा पीडित एक महिलालार्ई इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले शुक्रवार नगद सहयोग प्रदान गरेको छ । घरेलु हिंसाबाट पीडित वीरेन्द्रनगर न.पा.–३ की २३ बर्षिया पुजा खनाललाई कानुनी प्रक्रियामा जानका लागि इन्सेकले १५ हजार नगद सहयोग प्रदान गरेको हो ।

साथै पीडित पुजाको तर्फबाट मुद्दा प्रक्रियामा पैरवी गर्न अधिवक्ता गीता कोईरालालाई पनि नगद पाँच हजार प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानवअधिकार अधिकृत सोमप्रसाद चौधरीले बताए । इन्सेकद्धारा गठित हिंसा निगरानी समुहमा घरेलुहिंसा पीडित पुजाले दिएको निवेदन तथा हिंसा निगरानी समूह र इन्सेकले गरेको संयुक्त अनुगमनपछि गरिएको सिफारिसको आधारमा उनलाई सहयोग प्रदान गरिएको अधिकृत सोमप्रसाद चौधरीले जानकारी दिए ।

हिंसा पीडित पुजालार्ई नगद रकम हस्तानान्तरण गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले घरलु हिंसाका पीडितहरुलाई कानुनी प्रक्रियामा जानका लागि सहयोग पु¥याउने उद्देश्यले हिंसा निगरानी समुहको सिफारिसमा इन्सेकले सहयोग प्रदान गर्दै आएको बताए । इन्सेकले यस अघि चार वर्षीया बलात्कृत बालिकासहित छ जना घरेलु ंिहंसा पीडितहरुलाई यस्तै सहयोग प्रदान गरिसकेको छ ।

तपाईको प्रतिक्रिया