मिर्गाैला पिडित पत्रकारलाई युगआव्हानको सहयोग

सुर्खेत, २२ साउन ।
मिर्गाैला पिडित पत्रकारलाई युगआव्हान राष्ट्रिय दैनिकको तर्फबाट नगद दश हजार सहयोग रकम जम्मा गरिएको छ । अछामबाट नयाँ पत्रिका र हिमालय टेलिभिजनको जिल्ला सम्वाददाता तथा रेडियो सोसाइटी एफ.एम. अछामका कार्यकारी निर्देशक पदमा कार्यरत पत्रकार ध्रुव विसीलाई सहयोग गरिएको हो ।

उच्च रक्तचापका कारण दुबै मिर्गौला फेल भएर एक महिनादेखि काठमाडौं स्थित वीर अस्पताल र भक्तपुरको धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा डायलासिस गरिरहेका पत्रकार विसीको उपचारमा सहयोग गरिएको हो । नयाँ मिर्गौैला फेर्नका लागि २० लाखबढी रकम आवश्यक पर्ने भएपछि पत्रकार विसीले जिवन रक्षाको माग गर्दै सबैसंग सहयोगको अपिल गर्नुभएको छ । आर्थिक अभाव हुँदा उपचारमा जटिलता आएको भन्दै आफ्नो फेसबुक पेजमा लेख्दै पत्रकारका पेशागत संघ, संगठन, स्थानीय, प्रदेश र संघ सरकार, सम्पूर्ण पत्रकार, उद्योगी, व्यापारी, प्रवाशी नेपालीहरुमा सहयोगको आव्हान गर्नुभएको छ ।

केही बर्ष अगाडी सुर्खेतस्थित बुलबुले एफ.एम. र रेडियो भेरी एफ.एम. मा समाचार तथा कार्यक्रम संयोजकको रुपमा कार्यरत हुनुहुन्थ्यो । सहयोग गर्न चाहने व्यक्ति तथा संघ संस्थाहरुले उहाँकै नाममा धु्रव विसी, राष्ट्रिय वाणिज्य बैंक मंगलसेन शाखा अछामको खाता नं. ४२६०००६३४२१० मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।

युगआव्हान राष्ट्रिय दैनिकका प्रकाशक÷सम्पादक दीपककुमार बुढाक्षेत्रीले आफनो तथा संस्थाको तर्फबाट सानो सहयोग गरिएको बताउँदै एक जना पत्रकारलाई अप्ठेरो पर्दा सबैलाई पत्रकारलाई चोट पर्ने, दुख्ने भएकाले आफ्नो दायित्व निर्वाह गरेको बताउनुभयो । सञ्चार माध्यमले जनतालाई सुसुचित गराउने, शासकहरुलाई खबरदारी गर्नुका साथै पेशागत एकताका लागि आफ्नो दायित्व, जिम्मेवारी पुरा गरिने उहाँको भनाई छ । यस अघि पत्रिकाको तर्फबाट जाजरकोट बारेकोटका बाढीपीडित परिवारका लागि खाद्यान्न खरिद गर्न १० हजार, स्वर्गिय पत्रकार डिल प्रकाश शर्माको उपचारमा १० हजार नगद सहयोग गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया