कर्णाली प्रदेश कार्यालय बाँकेबाट चलेपछि…

संघीयता विरोधी नेपाल टेलिकम

सुर्खेत, २१ साउन ।
नेपाल टेलिकमको कर्णाली प्रदेशको कार्यालय प्रदेश नम्बर पाँचको बाँके जिल्लाबाट सञ्चालित भएको छ । देशमा संघीयता आएपछि प्रादेशिक कार्यालयहरु सबै प्रदेश सदरमुकामबाट सञ्चालित भएपनि नेपाल टेलिकमको कर्णाली प्रदेश कार्यालय भने लामो समयदेखि बाँकेबाट सञ्चालित हुँदै आएको छ ।

संघीयताको मर्म र भावना विपरित स्वार्थ समूहको दवाव र प्रभावमा परेर अदृश्य रुपमा बाँकेबाटै चल्दै आएको छ । टेलिकमको कर्णाली प्रदेश कार्यालय केही दिन यता औपचारिक रुपमा कार्यालयको बोर्ड राखेर सञ्चालित भएको पाइएको छ । नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशको कार्यालय लामो समय देखी बाँकेको नेपालगञ्जमा रहेको छ ।

प्रादेशिक संरचनामा देश गएपनि नेपाल टेलिकमको कार्यालय भने अझै प्रदेश पाँचमा रहेको छ । टेलिकमले अहिले नेपालंगञ्जमा रहेर कर्णाली प्रदेशको बोड राखेर काम गरिरहेको छ । टेलिकमको प्रादेशिक कार्यालय अन्य प्रदेशमा हुँदा सानो तिनो कामको लागी पनि धेरै समय लाग्ने गरेको छ ।


नेपाल राष्ट्र बैंक, राष्ट्रिय वीमा कम्पनी, नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम, कृषि सामाग्री कम्पनी लि., साल्ट्र टेडिङ कर्पोरेसन जस्ता सरकारी तथा अर्ध सरकारी (सरकारी स्वामित्व) का धेरै कार्यालयले सुर्खेतमा प्रादेशिक कार्यालय खोलेर सेवा प्रवाह गरेका छन् । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमको कर्णाली प्रदेश कार्यालयबाट लामो समयदेखि बाँकेबाट चल्दै आएको छ ।

प्रादेशिक कार्यालयले कर्णालीका १० जिल्लामा रहेका टेलिकमका बारेमा निति नियम बनाउने र प्रदेशमा रहेका टेलिकमका टावरहरुको मर्मत गर्ने गर्दछ । तर अहिले आफ्नो प्रदेशमा कार्यालय नहुँदा साना तिनाकाम गर्न नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको छ । यता प्रादेशिक कार्यालयका प्रमुख अन्तप्रकाश मल्लीकले सुर्खेतमा कार्यालयको लागी आफ्नै भवन नहुँदा र भाडामा उपयुक्त घर पाउन नस्कदा कार्यालय नेपालगंजमा रहेको बताउनुभयो । उहाँले अव छिटै नै टेलिकम सुर्खेत रहेको भवमा मिलाएर भएपनि कार्यालय सार्ने तयारी भईरहेको बताउनुभयो । अहिले पाँच नम्बर प्रदेश हेर्ने टेलिकमका दुईवटा प्रादेशिक कार्यालय भैरवा र नेपालगञ्ज रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार