मन्त्री आफै गाउँमा पुगेर चेक हस्तान्तरण

सुर्खेत, २१ साउन ।
कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले आफै गाउँमा पुगेर योजनाको चेक हस्तान्तरण गरेकी छन् । जिल्लाको चौकुने गाउँपालिका–८, भामले गाउँमा सहकारी नमुना गाउँ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षका सबै योजना सम्पन्न भएपछि सोमबार मन्त्री आफै गाउँमा पुगेर लाभान्वित समुदायलाई धन्यबाद दिदै योजनाको चेक हस्तान्तरण गरेकी हुन् ।

यसरी मन्त्री आफै गाउँमा पुगेर योजनाको काम हेर्दै समुदायलाई चेक हस्तान्त्रण गरेको पहिलो उदाहरण हो । चौकुनेको भामले गाउँमा लाभान्वित १४ घरधुरीमा तरकारी टनेल निर्माण कार्य सकिएपछि मन्त्रीले स्थलगत अनुगममन गर्दै समुदायलाई चेक हस्तान्तरण गरेकी छन् ।

त्यहाँका पाँच वटा सहकारी मिलेर संयुक्त सञ्चालक समिति गठन गरी सहकारी नमुना गाउँ कार्यक्रम अन्तर्गत तरकारी उत्पादनका क्रियाकलाप अघि बढाईएको हो । जसमा सहकारी नमुना गाउँ कार्यक्रमको ४५ लाख र चौकुने–५ मा मायाताल डीप बोरिङ्गको २४ लाखको चेक समुदायलाई हस्तान्त्रण गरिएको छ ।

आर्थिक अनियमिततालाई ख्याल गर्दै सञ्चालक समितिद्वारा गाउँमा योजनाको काम सम्पन्न भएपछि मात्रै कामको मुल्यांकनपछि चेक हस्तान्त्रण गरिएको हो । चेक हस्तान्त्रण गर्दै मन्त्री केसीले समाजबाद निर्माणको मोडल तयार गर्न सहकारी नमुना गाउँ कार्यक्रम सुरु गरिएको बताइन् ।

उनले यो कार्यक्रमबाट विस्तारै सबै घरधुरी लाभान्वित हुने बताउँदै कार्यक्रमको लक्ष्य अनुसार काम हुने अपेक्षा व्यक्त गरिन् । कृषि उत्पादन बृद्धि र बजारीकरणबाटै स्थानीय आत्मनिर्भर बन्नुका साथै उनीहरुको जीविकोपार्जनमा सुधार आउने उनको भनाइ छ ।  मन्त्री गाउँमै आएर चेक बुझाएपछि स्थानीयले खुसी व्यक्त गरे ।

सहकारी नमुना गाउँ कार्यक्रम सञ्चालक समिति अध्यक्ष हिमलाल कँडेलले आत्मनिर्भरका लागि कृषकले तरकारी उत्पादनमा जोड दिएको भन्दै बजार व्यवस्थापनमा समन्वय गर्न गाउँपालिकालाई अनुरोध गरे । सोही अवसरमा चौकुने गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले सहकारी नमुना गाउँ कार्यक्रमको मोडल अनुसार गाउँपालिकाले पनि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थलगत अनुगमन गरिएका स्थलहरु :-
१. पन्चपुरी वडा नं ३ लगम,तोक्मामा लक्षित वर्ग कार्यक्रम अनुगमन,
२. पशुपंक्षी निर्देशनालयद्रारा संचालित पलाईटेमा प्राविधिक विद्यालयसंगको साझेदारीमा सञ्चालित मत्स्य प्रवद्र्धन कार्यक्रम र प्राविधिक स्कुललाई सहयोग कार्यक्रम अन्तरगतको कार्यक्रम,
३. वराईचेमा नर्सरी उद्घाटन ।
४. गुटुको कृषि वजार निर्माण कार्यको अवलोकन ।
५. भाम्ले चौकुने–८ मा सहकारी नमुना गाउँ कार्यक्रमको अनुगमन र जनभेला ।
६. सामाजिक विकास मन्त्रालयद्धारा निर्मित २ कोठे स्कुल भवन अवलोकन भट्टेसेरा ।
७. भौतिक पुर्वाधारको सिंचाई अनुगमन ।
८. दुलालथाईमा तरकारी व्लकको अध्ययन अवलोकन ।
९. सोहि स्थानमा ठुलो लोकल कुखुरा फर्मको अवलोकन ।

तपाईको प्रतिक्रिया