काँग्रेस प्रवेश गरेकाहरु नेकपा फर्किएको घोषणा

दुर्गा विसी
सल्यान, २० साउन ।
सल्यान पश्चिममा केही दिन अघि नेपाली काँग्रेस प्रवेश गरेका वडा ८ ज्यामिराका सबै कार्यकर्ता पुनः नेकपा फर्किएको घोषणा गरेका छन् । मंगलबार भएको छलफल कार्यक्रम र प्रवेश गरेका भनिएकाका नेकपा कार्यकर्ताको प्रतिवद्धता कार्यक्रम तय गरिएको थियोे । उक्त कार्यक्रम नेकपा केन्द्रीय सदस्य, जिल्ला सह–इन्चार्ज तथा प्रदेश संसद गुलावजंग शाहको पहलमा सबै फर्किएका छन् ।

नेपाली काँग्रेसले वडा ८ बाट ७९ जना प्रवेश गरेको तथ्यांक निराधार भएको ललित वस्नेतको भनाई छ । कार्यक्रम हेर्न गएको र उक्त स्थानमा पुगेकालाई टीका लगाएको उहाँको भनाई छ । अधिकाशं गाडी चढेर बजार घुम्न गएको र कार्यक्रम स्थलमा पुरयाइ टीका लगाएको उहाँको आरोप छ ।

गाडी व्यवस्था भएकोले बजार घुम्ने अबसर पाएको प्रवेश गर्ने कुरा र कांग्रेस कुरा हावा भएको उहाँको भनाई छ । वडा नं. ८ का ज्यामिरे र अध्यरीका अधिकांशले नेता शाहसँग जनप्रतिनिधिबाट अपहेलित भएको गुनासो गरेका थिए । आफ्नो वडामा आफ्नै पार्टीको वडा अध्यक्ष भएपनि हामीलाई हेलाँको पात्रले हेरिरहेको उनीहरुको गुनासो छ ।

पुनःपार्टीमा फर्काउनको लागि नेता शाहले केहि दिन निरन्तर उनीहरुको सम्पर्कमा रहेको र मंगलबार कार्यक्रम तय गरी पुनःपार्टी नछाड्ने उनीहरुले प्रतिवद्धता जनाएका छन् । जिल्ला सह इन्चार्ज शाहले सबैलाई गोलबन्द हुन आह्वान गर्नुभएको छ । रुष्ट कार्यकर्ता माझमा गएर उहाँले कार्यकर्तालाई पुनःफर्काउने प्रयास सफल भएको छ । पार्टी भित्र कमिटी निर्माणमा केही ढिलाई भएको बताउँदै हत्तोत्साहित नहुन उहाँको विशेष जोड थियोे ।

समस्या बुझ्न त्यहाँ पुग्नु भएका केन्द्रीय सदस्य शाहले सबैलाई एक ढिक्का भैइ अघि बढ्न र सबै समस्या समाधान हुने उहाँको विशेष जोड थियोे । पार्टीको गतिविधि शुन्य भएकोमा आफुहरु वितृष्णा भएको नेकपा फर्केका नेता तथा कार्यकर्ताहरुको भनाइ थियो । नेपाली कांग्रेस प्रवेश गरेको हल्ला र समाचारपछि नेता शाहले प्रवेश गरेका आफ्ना कार्यकर्तासँग निरन्तर सहजिकरण र सम्वाद थाल्नु भएको थियोे । प्रवेश गरेका भनिएका सबैले एकमुष्ट पार्टीमै रहेको प्रतिवद्धता जनाए ।

पार्टी छोडेका भनिएका ललित वस्नेत, रामवहादुर यरी, मन बहादुर यरी, हर्क बहादुर यरी, डिलवहादुर वुढाथोकी, दिलवहादुर यरी, गोपाल यरी लगायतका ७३ बढी अगुवा नेताहरुले नेपाली कांग्रेस पार्टी छाडेर पुनः नेकपा फर्केको घोषणा गरेका छन् । साथै उक्त स्थानबाट नेपाली कांग्रेस पार्टी प्रत्याग गरी तेजबहादुर यरी, चन्द्रबहादुर यरी, पुष्कर यरी, कालू थापा, घनश्याम पुन, गजेन्द्र पुन, उत्तम कवर, किर्ती पुन लगायतका २ दर्जन बढीले पार्टी छोडेर नेकपा प्रवेश गरेका छन् ।

याे पनि पढ्नुहाेस :-

सल्यानमा काँग्रेस प्रवेश गर्नेको लर्को

तपाईको प्रतिक्रिया