सुर्खेत, १७ साउन ।
कर्णाली प्रदेशमा कृषि उत्पादन बृद्धि गर्ने लक्ष्यसहित सुरु गरिएको हाइटेक नर्सरी प्रविधि विवादित बनेको छ । भूमि व्यवस्था सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीका विभिन्न जिल्लामा निर्माण गरिएका हाइटेक नर्सरीहरुमा प्रयोग भएका सामाग्री कमसल भएपछि विवादित बनेको हो ।
एक करोड चार लाख ५३ हजारको लागतमा सिम्तामा निर्माण भएको उच्च प्रविधियुक्त नर्सरी एक महिना नपुग्दै भत्कन थाल्योःगुणस्तरहिक साम्रागी प्रयोग भएको स्थानीयको भनाई छ । पुर्वि सुर्खेतको सिम्ता गाँउपालिका–५ आलीमा रहेको रानी सामुदायिक वन रामिचौरमा निर्माण भएको उच्च प्रविधियुक्त नर्सरी निर्माण भएको एक महिना नपुग्दै भत्किएको छ ।
मापदण्ड पुरा नगरेर निर्माण गरिएको हाईटेक नर्सरी गुणस्तरहिन साम्रागीहरु प्रयोग गरिएकाले भत्कन सुरु भएको हो । सार्वजनिक खरिद ऐन, नियमवाली विपरित सिम्ता हाईटेक नसर्री उपभोक्ता समिति मार्फत डिभिजन वन कार्यालय सुर्खेतले नियम कानुन मिचेर १ करोड चार लाख ५३ हजारमा निर्माण गरेको थियो । नियमवालीले एक करोड भन्दा माथीको काम गर्दा उपभोक्ता मार्फत निर्माण गरिनुलाई गैरकानुनी मानिन्छ । तर यो हाईटेक नर्सरी निर्माण भने डिभिजन वन कार्यालयले नियम कानुन मिचेर उपभोक्ता समितिलाई दिएको थियो ।
उधोग पर्यटन तथा वन मन्त्रालय कर्णाली प्रदेशले उच्च प्रविधियुक्त नर्सरी स्थापना र सञ्चालन कार्यविधि २०७५ का अनुसार वातावरण अनुकुल व्यवस्थापनको अतिरिक्त परावैजनिक किरणहरु अवरोधक पोलिथिन तापक्रम नियन्त्रण जाली, एग्रीनेट र ईसेन्ट नेटको अवरोध नगर्ने उल्लेख गरिएको छ । त्यस्तै सुक्ष्म सिचाई प्रणालीबाट पोषक तत्व व्यवस्थापन सहितको वन पैदावरजन्य बालीको गुणस्तर वेर्ना नर्सरी भन्ने गरिन्छ ।
नर्सरीबाट बहुउपयोगी विरुवाहरुको उत्पादन गरी बृक्षारोपन मार्फत वनक्षेत्रको विस्तार तथा वन पैदावरको उत्पादन बृद्धि गरि जनताको जिविकोपार्जन टेवा पुरयाउने उद्देश्यले निर्माण गरिएको हो। तर कर्णाली सरकाले स्थापना गरेको कार्यविधि अनुसार कुनैपनि मापदण्ड पुरा नभएकाले महिना दिन नपुदै हाईटेक नर्सरी भत्कन थालेको छ ।
यसरी करोडौ रकमको लागतमा निर्माण भएको हाईटेक नर्सरी अहिले कामै नलाग्ने गरेर भत्कन थालेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । अहिले रामीचौरमा निर्माण भएको नर्सरीमा टनेल निर्माण भएको क्षेत्रको खम्बा भाँचिएको छ भने प्लास्टिक र अन्य साम्रागीहरु पनि गुणस्तरहिन प्रयोग भएको स्थानीयको भनाई छ ।
उनीहरुले बालुवा धेरै प्रयोग भएको र सिमेन्ट थोरैमात्र प्रयोग भएकाले त्यसरी भत्किएको भन्दै आक्रोस पोखेका छन् । करिब ७ सय ५६ बर्गमिटरमा निर्माण भएको नर्सरी सिम्ता हाईटेक नर्सरी उपभोक्ता समितिले डिभिजन वन कार्यालय सुर्खेतसंग सम्झौता गरेतापनी समितिले पनि नापी सिस्ट प्रा.लि. काठमान्डौका प्रतिनिधि प्रल्लाद गौतमलाई ८२ लाखमा ठेक्का दिएको थियो ।
नर्सरी निर्माण स्थलमा सहजरुपमा यातायात आवतजाउत गर्नुपर्ने निमावलीमा उल्लेख भएपनि त्यसक्षेत्रमा भने सडकनै नपुगेको बताईएको छ । उता समितिका अध्यक्ष जगत महतराले नया काम भएको र आफुहरुलाई यसबारे कुनै जानकारी नभएकाले अरुलाई ठेक्का दिनुपरेको बताउनुभयो । उहाँले काम गर्नेक्रमा नर्सरीका टनेहरु मापदण्ड अनुसार बन्न नसकेको स्वीकार गर्नुभयो । यता डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्र प्रसाद दाहलले यसबारेमा त्यसक्षेत्रमा के भएको छ भन्ने आफुलाई कुनै जानकारी नभएको बताउनभयो ।
युग संवाददाता । । १७ श्रावण २०७७, शनिबार १३:४५