मुख्यमन्त्रीको हेलिकोप्टर सयर, पीडितलाई आश्वासन मात्रै

सबै विपदमा गृह जिल्ला केन्द्रित

कालीकोट, १७ साउन ।
गत सामेबार कालिकोटको रास्काटे नगरपालिका–१ मा अन्तर्गत रहेको तुुसार खालो र गगंटेखोेलामा गएको तीन किलोमिटरभन्दा लामो पहिरोमा पहिरोमा पररे ६ जना बेपत्ता भए । एक जनाको मृत्यु भयो । नगरपालिकाभर हजारौको संख्यामा नागरिकहरु विस्थापित भएका छन् । पहिरोले विस्थापीत भएका रास्कोट नगरपालिकाको १ नं. वडा र ७ नं. वडाका नागरिकलाई हाल स्थानीय विद्यालयहरु तथा लघु जलविद्युत आयोजनाको कार्यालयमा राखिएको छ ।

स्थानीय धनविर गिरीले भने, ‘अहिले पनि छिटफटु पानी परिरहेको छ । गाउँका धेरैका घरका भित्ता भत्किएका छन्, छाना खसेका छन् । पशुचौपायाको पनि मृत्यु भएको छ । पाखा–पखेरा भत्किएका स–साना घटनाको त गणना नै छैन । नागरिकहरु क्रसित भएका छन्’ धनविरले भने, ‘दुई वडाका विस्थापीत परिवारहरुलाई विद्यालयहरुमा राखिएको छ । घरमा फर्किएर ढुक्कसँग बस्न सक्ने वातावरण छैन । कसवेला पहिरो जान्छ र हामीलाई पनि लिन्छ भन्ने डर छ ।’

धनविरका अनुसार वडा नं. १ का एक सय ६० जना र वडा नं. ७ का १७ जना नागरिक गरी कुल एक सय ७७ जना नागरिक बाढी–पहिरोका कारण विस्थापित भई आश्रय लिईरहेका छन् । आश्रयस्थलमा उनीहरुका लागि लत्ता कपडा, सुरक्षित पिउने पानी, खाद्यान्न, टेन्ट लगायतको समस्या छ । बाढी–पहिरोपछि विद्यालयको भवनमा आश्रय लिईरहेका उदय लुवालले भने, ‘खानलाई केही छैन । को आउला र खान देला भन्ने परिस्थिती छ । कहिलेकाही गाउँलेहरुले अलिअलि छाक टार्ने जोहो गरिदिन्छन् ।’

सामाजिक विकास मन्त्री दल रावल र रास्कोट नगरपालिकाका प्रमुख काँशिचन्द्र बराल विस्थापित परिवारलगायतको अवस्था तथा बाढी–पहिरोको क्षतिका बारेमा बुझ्न घटनास्थलमा शुक्रबार पुगेका थिए । तीनका सोयाविन, आधाका दाल, ओढ्नलाई सामान्य पाखी र २० का चामल लिएर उनीहरु घटनास्थल पुगेको विस्थापितहरुले जनाए । स्थानीय दानबहादुर वमले भने , ‘यत्तिका धेरै नागरिक विस्थापित छन् । २० का चामल यत्तिका धेरैलाई कतिदिन पुग्ला ? आकाशमा हेलिकप्टर देखिन्छन् । हामी राहतको स्वास फेर्न चाहन्छौँ ।’ गाउँमा ३० वटा भन्दा धेरैको संख्यामा घट्टहरु थिए । बाढि/पहिरोले सबै घट्टहरु बगाएरै लियो ।

पहिरोले विस्थापित भएका मध्ये बल बिकले भने, ‘गाउँमा घरमा भएका अन्न पनि पिधेर खाने ठाउँ छैन । मकै/धान पिध्न कहाँ लानु ? दिन काट्नलाई नै हामी मकै उसनेर खाई रहेका छाँै ।’ निरास हँुदै उनले भने, ‘भोको पेट बोकेर राहतको आसा गर्नु भन्दा उधारो चामल खोज्न जाती ।’ स्थानीय बजारमा रहेका खाद्य पसलहरुबाट उधारोमा चामल ल्याउनपुर्ने विस्थापितहरुको बाध्यता छ । उनले भने ‘अब बाच्ने नै त हो । मकै मात्रै उसनेर कति खानु ? उधारो चामल पाएपछि एकदिन कमाएरै तिरौला ।’

जिल्लाभर बाढीपहिरोका कारण तीन सय घर–परिवार विस्थापित भएका छन् । नगरपालिकाभर कुल दुई हजार भन्दा धेरै नागरिक बाढी–पहिरोको कारण प्रभावित बनेको छन् । यता रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले भने, ‘हामीले पिडित परिवारलाई राहतका लागि काम गरिरहेका छौँ । उच्च खोखिममा रहेका नागरिकलाई सारिएको छ । खाद्य प्रवन्ध लगायतका विषयमा काम भईरहेको छ ।’

कालिकोटमा गएको पहिरोको प्रभाव तथा अवस्थाका बारेमा निरिक्षणका लागि कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही शुक्रबार दिउँसो कालिकोट पुगेका छन् । हेलिकप्टर लिएर गएका मुख्यमन्त्री शाहीले मौसमले सम्भव भएका स्थानसम्म ओर्लेरै स्थलगत अवलोकन गरे । जिल्लाको विपद् व्यवस्थापन समितिको वैठकमा पनि सहभागी भए ।

सुरक्षाकर्मी मात्र घटाउँदा विपद् व्यवस्थापन थप सम्भव नभएको जनाउँदै उनले वडागत रुपमा स्वयःसेवकहरुको समेत व्यवस्था गर्न कालिकोटका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । यसका साथै बाढी पहिरोको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र केन्द्र सरकारद्वारा बाढीपहिरोमा मृत्यु भएका व्यक्तिको परिवारलाई दिइने राहतका लागि समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई उनले निर्देशन दिए । कालिकोटको विपद् व्यवस्थापनको जिल्ला समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारले समेत बाढी/पहिरो पिडित परिवारका लागि राहतको व्यवस्थापन गर्ने जनाएका थिए ।

तपाईको प्रतिक्रिया