काठमाडौं, २५ असार ।
सरकारले एउटै जिल्लाभित्र मात्र चल्न पाउने गरी शुक्रबारबाट सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले काठमाडौं उपत्यकाका तीन जिल्लाभित्र मात्रै चल्ने गरी र जिल्लामा जिल्लाभित्र मात्रै चल्न दिने गरी सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय भएको बताए । सरकारले लामो दूरीको सार्वजनिक यातायातका साधन चल्न नदिने निर्णय यथावत् राखेको उनले बताए ।
यसैबीच सार्वजनिक यातायातका साधनले अहिलेको भन्दा बढी मूल्य लिनेछन् । ट्याक्सीमा भने दुई जनासम्म मात्र बोक्न पाइनेछ । ५० प्रतिशत बढी भाडा लिन सक्ने निर्णय सरकारले गरेको छ ।
युग संवाददाता । । २५ असार २०७७, बिहीबार १७:३६