राजीको उपचारका लागि सहयोग जुट्दै

सुर्खेत, २५ असार ।

ओष्टेओमाईटिस (हड्डी पाक्ने) रोगबाट ग्रसित भएका सुर्खेतको पन्चपुरी नगरपालिका वडा नं १० चाम्रिका १५ बर्षिय चन्द्र राजीको उपचारमा सहयोग जुट्न थालेको छ । राजीको उपचारमा समस्या भएको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि सहयोग जुट्न थालेको हो ।


राजीको उपचारका लागि अमेरिमा बस्दै आएकी जयन्ती थापाले आर्थिक सहयोग गरेकी छिन् । आर्थिक अभावका कारण खुट्टाको उपचारमा समस्या भएको जानकारी पाएपछि उनले नगद १० हजार सहयोग गरेकी हुन् । दलित बालबालिका, दीन दुःखी, असहाय र विपत्तिमा परेकाहरुलाई सहयो गर्दै आउनु भएका मनकारी समाजसेवी जयन्ती थापाले विरामी

राजीको सिध्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग गरेको नेपाल पत्रकार महासघ सुर्खेतका उपाध्यक्ष माया थापाले बताइन् । यस्तै, वीरेन्द्रनगर १ निवासी समाजसेवी तथा युवा व्यवसायी राधाकृष्ण टेडर्सका प्रोप्राइटर दिनेश खत्रीले ५ हजार ५ सय ५५ रुपयाँ, त्रिपुरेश्वर मा.वि.का पुर्व प्रधानाध्यापक तथा हालका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष महेन्द्रप्रसाद शर्माले एक हजार पाँच रुपयाँ सहयोग गरेका छन् ।

त्यस्तै, वीरेन्द्रनगर १३ निवासी प्रिया येर काग्रोका प्रोप्राइटर रामबहादुर थापाले ५ हजार आर्थिक सहयोग गर्दै बालक राजीको स्वास्थ्य लाभको कामना गरेका छन् । यसअघि समाजसेवी तथा वीरेन्द्रनगर नगरपालिकाका पुर्व मियर मुकुन्दश्याम गिरीले १० हजार, वीरेन्द्रनगर ६ का युवा व्यवसायी पवन गिरीले नगद ५ हजार र बोहोरा फार्मेसी वीरेन्द्रनगर मार्फत हाम्रो अनलाइन टिभिका सञ्चालक प्रेमकुमार विसीले ५ हजार प्रदान गरेका छन् ।

एक महिना अघिदेखि दुवै खुट्टाको हड्डी पाक्ने रोगबाट ग्रसित राजी तीन हप्तादेखि कर्णाली प्रदेश अस्पतालको आइसियुमा उपचाररत छन् । आइसोलेसन वार्ड, अप्रेशन, सामान्य औषधी, तथा खानाको व्यवस्था अस्पतालले आफैले गरेको अस्पताल निर्देशक डा डम्बर खड्काको जानकारी दिए । साना अप्रेसनहरु तिनवटा गरिसकेको र यसको औषधीहरु पनि महङ्गो पर्ने अस्पतालले जनाएको छ ।

अस्पतालका लाग्ने सम्पूर्ण खर्च अस्पतालले गरे पनि अन्य औषधी खर्च, रगत व्यवस्थापन लगायतका खर्चका लागि सहयोगको याचना गरिएको राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजीले बताए । चन्द्र राजीलाई सहयोगीमनहरुले राष्ट्रिय बाणिज्य बैक सुर्खेतको चल्ती खाता नम्बर ८४६६ सहयोग जम्मा गर्न सकिने राजी शाल्म समाज सुर्खेतले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया