प्रचण्ड खत्री ।
रुकुम पश्चिम, २५ असार ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक महिलालाई प्रहरीले कुटेको भिडियो सामाजिक संजालमा भाईरल भएको छ । आठबिसकोट नगरपालिका निवासी नेहा विष्टलाई नेपाल प्रहरीका एक हवल्दार, अरु केही सिपाही नगर प्रहरीले कुटेको भिडियो सामाजिक संजालमा भाईरल भएको हो । २१ वर्षीय नेहा विष्टलाई नगरपालिकामा प्रवेश गर्ने बितिकै हातपात गरी कुटपिट गरेको स्थानीयले बताएका छन् ।
जिल्ला बाहिरबाट आएकी महिलालाई हेल्प डेक्समा रहेका प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा विष्टलाई कुटिएको हो । उनको ज्वारो नाप्ने क्रममा महिलाले मदिरा सेवन गरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसंग झगडा गरेभन्दै नगर महिला प्रहरीको सहयोग लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ठग बहादुर केसीले उक्त घटना जेठ १ गत्ते भएको जानकारी दिए । भिडियो मंगलबार साझ सामाजिक संजाल मार्फत बाहिर आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरी उपरीक्षक केसीका अनुसार विष्टलाई कुट्ने हबल्दार दुर्घटनामा परी घाईते भएका छन् भने २ जना प्रहरी जवानलाई जिल्लामा छनविन सुरु गरिएको छ । नगरपालिकामा कार्यरत महिला नगर प्रहरी निर्मला विकले पटक पटक लाठ्ठीले हानेको भन्दै विकलाई निलम्बन गरेर छानबिन सुरु गरिएको नगर प्रमुख गोर्ख बहादुर केसीले जानकारी दिए ।
आठबिसकोट नगरपालिकाले प्रशासकीय अधिकृत मान बहादुर बुढाथोकीको संयोजकमा विहीवार ३ सदस्सीय छानबिन समिति गठन गरेको छ । समितिमा सुचना प्रबिधि अधिकृत गणेश चन्द र नगर प्रहरी सहायक निरीक्षक ओलालाल यरी सदस्य रहेका छन् ।
युग संवाददाता । । २५ असार २०७७, बिहीबार १४:३९