प्रदेश सरकारको एकीकृत भवन बनाउने काम रोकियो

सुर्खेत, २५ असार ।

प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकाको जग्गा भोगाधिकारका लागि प्रदेशलाई हस्तान्तरण नहुँदा प्रदेश सरकारको संरचना (सिंहदरवार) को काम रोकिएको छ । प्रदेशको राजधानी वीरेन्द्रनगर–७, इत्राममा निर्माण गर्ने भनिएको प्रदेश सरकारको सिंहदरवारको काम रोकिएको हो ।

प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारे पनि जग्गा हस्तान्तरण नहुदाँ कामअघि बढ्न नसकेको हो । सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गा स्वेच्छिक भोगाधिकार गर्न नपाउने भएपछि स्वीकृतिका लागि माग गरेकोमा संघीय सरकारले निर्णय लिन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा परेको छ । प्रदेश सरकारको आफ्नै संरचना शहरी विकास तथा भवन डिभिजन कार्यालयले गत आर्थिक वर्षमै डीपीआर तयार पारेको थियो ।


उक्त संरचनाको काम अघि बढाउने प्रदेशको पूर्वाधार विकास निर्देशनालयले अघिल्लो आर्थिक वर्षमा बनेको डीपीआर अहिलेसम्म जग्गा भोगाधिकारको स्वीकृति नआउँदा काम अघि बढाउन नसकेको निर्देशक वासुदेव पौड्यालले बताए । ‘अघिल्लो आर्थिक वर्ष नै डीपीआर भैसकेको थियो । यहाँ (वीरेन्द्रनगर) मा भएको जग्गा भोगााधिकारका लागि संघीय मन्त्रालयमा पुसरमाघको महिना नै पठाएका थियौँ,’ उनले भने, ‘अहिलेसम्म जग्गा प्राप्ति (अनुमति) पाएका छैनौँ। जसले गर्दा आवश्यक निर्माणको काम अघि बढ्न नसकेको हो ।’ फेरि थपे, ‘संघीय मन्त्रालयबाट जग्गाको स्वीकृति आउने वित्तिक निर्माणको काम अघि बढाउँछौं ।’

झण्डै सात महिना अघि नै संघको शहरी विकास मन्त्रालयमा जग्गा प्राप्तिको लागि पत्राचार गरिएको थियो । चालु आर्थिक वर्ष २०७६÷०७७ मा कर्णाली प्रदेश सरकारले आफ्नै भवन बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर २० करोड बजेट विनियोजन गरिसकेको थियो। पहिलो चरणमा दुई वटा भवन निर्माण गर्ने गरि चालु आर्थिक वर्षमा विनियोजन गरेको उक्त बजेट जग्गा भोगााधिकारको अधिकार नहुदाँ कार्यान्वयन हुने अवस्थामा छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार