दश लाखको योजना डीपीआरमै साढे ४ लाख खर्च

कालिकोट, २५ असार ।

कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–२ मा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास कार्यालय कालिकोटले आर्थिक वर्ष २०७६÷०७७ मा सञ्जेलवाडा, बागथला कुइँकेलवाडा ग्रामीण कषि सडक निर्माणको दश लाखको योजनामा चारलाख ५१ हजार डीपीआर खर्च लागेको छ ।

सुर्खेतको इन्जिनियरिङ रिसोर्स मल्टिपल नामक कन्सल्टेन्सीले गरेको डीपीआरमा कृषि विकास कार्यालय कालिकोटले चारलाख ५१ हजार भुक्तान गरेको हो । डीपीआर खर्च चारलाख ५१ हजार रुपैयाँ लगेको र कृषि मन्त्रालयको कार्यविधिअनुसार योजनाको दश प्रतिशतका दरले नै एकलाख रुपैयाँ स्थानीय किसानको आर्यआर्जनमा खर्च गर्न कार्यालयमा राखिएको कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले बताए । ‘डीपीआरको पैसा चारलाख ५१ हजार रुपैयाँ कन्सल्टेन्सीले लगेको छ,’ उनले भने, ‘एकलाख रुपैयाँ वृक्षरोपण गर्न भन्दै अलग राखिएको र त्यो कार्यालयले खर्च गर्ने हो ।’

दश लाखको योजनामा पाँच लाख ५१ हजार रुपैयाँ कार्यालयमार्फत नै अन्त गएको दशलाखको भनेअनुसारको नै काम गरिएको उपभोक्ता समितिका सचिव मनप्रसाद तिमिल्सेनाले बताए । ‘बचेको साढे चारलाख रुपैंयाले ७० जाली खरिद गरियो । जालीको मूल्य प्रतिजाली ३२ सयभन्दा बढी खरिदमा खर्च भयो । १.५ वर्ग मिटरका ४० वटा र दुई वर्ग मिटरका ३० वटा जाली हामीले खरिद गरेका थियौँ । त्यसमध्ये हामीले डेढ वर्ग मिटरको जाली भरेबापत १५ सय र दुई वर्ग मिटरवाला जाली भरेबापत दुई हजार दियौँ,’ उनले भने, ‘एकलाख बीस हजार जाली भरानमा खर्च भयो । ४५ हजार गाडी भाडा दियौँ ।

समिति खर्च भनेर बीस हजार खर्च भयो । अरू सबै जाली खरिदमा खर्च भयो । ढुंगा टाढादेखि ल्याउनुपर्ने थियो । हामी सबै अन्यायमा प¥यौँ ।’ दशलाखको योजनामा चारलाख ५१ हजार रुपैँया डीपीआर गर्नेले लगेको एकलाख रुपैयाँ वृक्षरोपणमा राखेको कारणले दशलाखको योजना चार लाख ४९ हजारमा सम्पन्न गर्न समस्या भएको सचिव तिमिल्सेनाले बताए । दश लाखको योजनामा काम गरेका श्रमिकले पनि ज्याला पाउन नसकेको तिमिल्सेनाले बताए ।

तपाईको प्रतिक्रिया