बैठकमा बोल्दाबोल्दै मृत्यु

अमर सुनार ।

दैलेख, २४ असार ।

भैरबी गाउँपालिका–३ स्थित जनसेवा प्रावि भुवाटाकुराका विद्यालय व्यवस्थापन समितिका सदस्य औंसे कामीको बैठकमा बोल्दै गर्दा मृत्यु भएको छ । बुधवार बैठकमा बोल्दै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

शिक्षकहरुको तलव, विद्यालयको शैक्षिक प्रशासन लगायतका विषयमा विव्यस पदाधिकारीहरु र शिक्षकहरु समेत संयुक्त बैठकमा एजेण्डामा छलफल भइरहेको बेला उनको मृत्यु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर बिकले बताए ।

धेरै सदस्यहरुले आफ्ना कुरा राखेपछि उनले पनि कुर्चीमै बसेर आफ्ना सुझावहरु राखेका थिए । बोल्दै गर्दा देब्रे साइडमा पल्टेपछि उनलाई अस्पताल पु¥याइएको थियो ।

दुल्लू अस्पतालले उनलाई मृत घोषणा गरिएको थियो । हृदयघातका कारण उनको मृत्यु भएको दुल्लू अस्पतालका डा. प्रशान्त चौलागाईंले बताए । अस्पताल पु¥याउँदा रक्त संचार बन्द भइसकेको थियो डा. चौलागाईंले भने ।

जनसेवा प्रावि भुवाटाकुराका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहनुभएका औंसे कामी गत वर्ष पुर्नगठन गर्दा सर्वसम्मतिले विद्यालय व्यवस्थापन समितिको सदस्य चयन भएका थिए । उहाँका श्रीमति, पाँच छोरा र चार छोरी छन् ।

तपाईको प्रतिक्रिया