पञ्चपुरी नगरसभाको बजेटमा कार्यपालिका सदस्य नै असन्तुष्टी

बाबियाचौर, २४ असार ।

पञ्चपुरी नगरपालिकाको सातौ नगरसभाको बजेटमा कार्यपालिका सदस्यले नै असन्तुष्टी जनाएका छन् । नगरपालिकाले विनियोजन गरेको बजेटको छलफलमा वडा नं १ का अध्यक्ष धनबहादुर थापाले नगरबाट विनियोजन गरिएको नगरस्तरिय योजनामा आफ्नो वडालाई बजेट नदिएकोमा असन्तुष्टी जनाएका छन् ।

त्यस्तै, नगरकार्यपालिका सदस्य तथा वडा १० का वडा सदस्य गणेश शाहीले नगरपालिकाको बैठकमा नगर सदस्य कै कुरा सुनुवाइ नहुने र आफ्नै तरिकाबाट काम हुने गरेको र लक्षित बर्गको बजेटमा सबैलाई समेट्न आग्रह गरेकी छन् ।

त्यस्तै वडा नं १० का अर्का वडा सदस्य बेदराज भण्डारीले नगरदेखि वडा स्तरमा बजेट सबै टोलमा समान हैसियत (दामासायी) का दरले बजेट विनियोजन गरिदा विकास समान रुपमा हुन नसक्ने बताए । वडा नं ७ का वडा सदस्य तुलबहादुर सहकारीले जाति र ब्यक्ति बिशेषको मन्दिर निर्माणमा बजेट छुट्टाउन नहुने बताए । अपांगता भएका व्यक्तिका लागि नगरबाट १ लाख बजेट विनियोजनले एउटा बैशाखी सम्म किन्न नसकिएको उनको भनाई छ । छाउपडी प्रथा अन्त्य गर्नका लागि नगरपालिकाले बजेट व्यवस्थापन नगरेको कारण नै छाउपडी प्रथा अन्त्य नहुने वडा सदस्य कमल बयक बताउँछन् ।

यता नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले नगरस्तरीय योजनामा नसमेटिएका वडाहरुमा वडा अध्यक्षहरुसंग छलफल गरेर समपुरक कोषको बजेटबाट सम्बोधन गरिने बताए । नगरपालिकाले यस बर्ष बाँकी रहेका योजनाहरुलाई आर्थिक बर्ष २०७७÷०७८ मा निरन्तरता दिने जनाएको छ ।

तपाईको प्रतिक्रिया