हाम्रो सरकार

उत्पादन बढाउने र रोजगारी बृद्धि गर्ने रणनीति लिएका छौं

सुर्खेतको बराहताल गाउँपालिका कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरदेखि ३० किलोमिटर पश्चिम क्षेत्रमा पर्दछ । रमणीय स्थानमा अबस्थित यो गाउँपालिका प्राकृतिक तथा भौतिक, सांस्कृतिक श्रोतले सम्पन्न गाउँपालिका मानिन्छ । बनजंगल, बनपैदाबार र कृषि उत्पादन यहाँको मुख्य आम्दानीको श्रोत हो । यस गाउँपालिकाको कुनाथारीलाई मुख्य केन्द्र बनाई काठ र तरकारी निर्यातमा जोड दिइएको छ । यहाँ तरकारी, फलफुल, दुध र मासु उत्पादन तथा निर्यात बढ्दै गएको छ । गाउँपालिकालाइ कृषि र पशुपालनबाट आत्मनिर्भर बनाउने नीति अवलम्वन गरिएको छ । कृषि र पशुपालनका कार्यक्रम सञ्चालन गर्दै गाउँपालिकामा बेरोजगारी र खाद्य संकट हटाउन लागि परेको उपाध्यक्ष शोभाकुमारी शर्माले बताइन् । उनीसँग गरिएको कुराकानी सारांश ।

बराहताल गाउँपालिका सुर्खेतका उपाध्यक्ष, शोभाकुमारी शर्मा

गाउँपालिकाले बजेट तथा नीति कार्यक्रम ल्याउँदैछ । यस वर्ष कस्ता कार्यक्रमलाइ प्राथमिकतामा राख्नुहुन्छ ?

अबको केही दिनभित्र आर्थिक वर्ष ०७७÷०७८ का लागि नयाँ बजेट तथा नीति कार्यक्रम ल्याउँदै छौं । यसमा विद्यमान परिवेश अनुसारका कार्यक्रमले प्राथमिकता पाउने छन् । अहिलेको भिन्न परिवेशमा आधारीत प्रदेश र संघको बजेट तथा नीति कार्यक्रम अनुसार हामीले ल्याउने बजेट पनि सोही आधारमा तय गरिएको हो ।

बजेटमा हामीले प्राथमिकता दिन खोजेका र नागरिककका मागका आधारमा कार्यक्रम समेटिने छन् । विशेष गरी कोरोना माहामारी रोकथाम, खाद्य संकटको अन्त्य, आयात प्रतिस्थापन र रोजगारी सृर्जनाका कार्यक्रमलाई प्राथमिकता दिने तयारी छ । उपलब्ध स्रोत साधान अनुसार हामीले सोचेको र गर्न सक्ने काममा आधारीत भएर बजेट ल्याउन लागिएको हो । स्वास्थ्यका क्षेत्रमा पनि धेरै सुधार ल्याउनुपर्ने देखिन्छ । चाहे त्यो पूर्वाधार विकासदेखि जनशक्ति व्यवस्थापनको कुरा होस् । हामीले सकेसम्म समस्या समाधान गर्ने तयारी गरेका छौं ।

अनी असारे विकासले पनि त सताएको होला नी ?

यो पहिलेदेखिकै समस्या हो । यस वर्ष झन् कोरोना भाइरसका कारण पनि विवकासका काम धकेलिदाँ असारमै गर्नुपर्ने बाध्यता भयो । स्थानीय तहदेखि प्रदेश र संघका अधिकांश योजना निर्माणको काम असारमै भइरहेको छ । २५ गतेभित्र सबै काम सकेर अन्तिम भुक्तानी दिइसक्ने तयारी छ ।

यसअघि कतिपय योजना सम्झौतामा ढिलाइ भएपछि असारमै काम थाल्नुपर्ने स्थिति आयो । भने कतिपय अग्रिम सम्झौता भएका योजनाको काम पनि असारमै थालिएको छ । भर्खरै मुख्यमन्त्री रोजगार कार्यक्रमको काम सकियो । तर कामदारले काम गरेको ज्याला पाएका छैनन् । सबै कामदारले बैंक खाता अनिवार्य खोल्नुपर्ने र बैंक खातामै ज्याला दिने प्रावधान रहेछ । यस्तो कोरोना माहामारीको बेला त्यसमा पनि असारको अन्तिममा सबै कामदारलाइ बैंकमा लिएर खाता खोल्न लगाउन पनि मुस्किल छ ।

कामदारले घरमै ज्याला चाहियो भनिरहेका छन् । तर प्रक्रियाले दिन नमिल्ने कुरा छ । यस्ता विभिन्न बाधा अप्ठ्याले पनि असारमै विकासे काम हुने गरेका हुन् । यसरी हतारमा गरिएको असारे विकासले दिगो विकासमा ठेस पुग्छ ।

ठकेदार र उपभोक्ता मध्ये कसले गरेको काम राम्रो छ ?

दुबैका काम उस्तै छन् । सडकका योजनामा उपभोक्ताले पनि डोजर प्रयोग गर्दा ठेकेदार र उपभोक्तामा केही फरक छैन । तर कृषिमा सिचाइँ कुलो निर्माण लगायतका योजनामा उपभोक्ता समितिले राम्रो काम गरेका छन् । अप्ठयारो कुरा के छ, भने ठेकेदारको लापारवाहीले योजनाको काम नभए वा अनियमितता भएमा कारवाही गर्न सजिलो छ । तर उपभोक्ता समितिलाइ कारवाही गर्न सकिदैन ।

कामका लागि ठेकेदार र उपभोक्ता समिति दुबै उस्तै हुन् । फुर्सदमा बस्ने हतारमा लतपत काम गर्ने बानी हटेन । असारे विकासले योजनाको गुणस्तरप्रति प्रश्न चिन्ह उठ्न थालेको छ । सोही अनुसार व्यवस्था परिवर्तन भए पनि अवस्था अनुसार उपभोक्ता समिति, ठेकेदार र कर्मचारीको फुर्सदमा काम गर्ने बानीमा परिवर्तन नआउँदा समस्या बढ्दै गएको छ ।

यो पहिलेदेखि एक निरन्तरको प्रक्रिया जस्तो भयो । र बनाईयो पनि । व्यवस्था जति परिवर्तन भए पनि हरेक क्षेत्रमा काम गर्ने शैली पुरानै छ । त्यसै गरी असारे विकासको चलन पनि हट्न सकेको छैन । यसलाई हटाउनुपर्छ ।

कोरोना माहामारी न्यूनिकरण तथा रोकथामको काम कसरी भइरहेको छ ?

यस बिषयमा हामीले समुदायमा सचेतनाका कार्यक्रम गरेका छौं । भने बाह्य जिल्ला तथा देशबाट गाउँपालिका भित्रिनेलाइ क्वारेन्टाइन राख्दै आएका छौं । अहिले यो संख्या पनि कम हुदै गएको छ । क्वारेन्टाइन बस्नेको संख्या घट्न थालेपछि जनज्योती मावि, हुड्के र लेकगाउँमा तीन वटा स्थानमा मात्रै अहिले क्वारेन्टाइन बनाएका छौं ।

व्यवस्थापनमा खासै समस्या छैन । तर पीसीआर रिपोर्ट नआउँदा महिनौ दिनसम्म क्वारेन्टाइन बस्नुपर्ने बाध्यताले नागरिक भाग्ने र हामीलाइ थर्काउने गरिरहेका छन् । त्यो उनीहरुको पीडा पनि हामी बुझ्छौं । तर रिपोर्ट नआउँदै केही व्यक्ति गाउँ भागेका कारण पछि रिपोर्ट पोजेटीभ आउदाँ गाउँलेहरु हामीलाइ थर्काउन आइपुगे ।

यसरी नागरिकले पनि बुझेर क्वारेन्टाइन बसिदिने उनीहरुका घरका आफन्तले पनि क्वारेन्टाइनबाट नभाग्न निर्देशन दिने हो, भने सजिलो हुन्थ्यो । क्वारेन्टाइन व्यवस्थापनदेखि विभिन्न कुरामा आर्थिक पारदर्शीताबारे कहाँ, के कसरी खर्च भयो ? त्यसको एकिन बिल भर्पाइ होला । अनियमितता हुन दिदैनौं । माहामारी नियन्त्रण रोकथाममा हुने काम, सहयोग, समन्वय एकद्धार प्रणालीबाट गर्नेछौं ।

कामका लागि बाह्य ठाउँमा गएका बेरोजगार युवाहरु सबै गाउँ भित्रिएका छन् । उनीहरु तत्काल पहिलेकै स्थितीमा फर्कने सम्भावना पनि छैन । यस बिषयमा गाउँपालिकाले केही सोचेको छ ?

अहिले भारत तथा तेस्रो मुलुकबाट रोजगारी गुमाएर गाउँ फर्किनेको संख्या हाम्रो सरकार सुर्खेतको बराहताल गाउँपालिका कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरदेखि ३० किलोमिटर पश्चिम क्षेत्रमा पर्दछ । रमणीय स्थानमा अबस्थित यो गाउँपालिका प्राकृतिक तथा भौतिक, सांस्कृतिक श्रोतले सम्पन्न गाउँपालिका मानिन्छ । बनजंगल, बनपैदाबार र कृषि उत्पादन यहाँको मुख्य आम्दानीको श्रोत हो ।

यस गाउँपालिकाको कुनाथारीलाई मुख्य केन्द्र बनाई काठ र तरकारी निर्यातमा जोड दिइएको छ । यहाँ तरकारी, फलफुल, दुध र मासु उत्पादन तथा निर्यात बढ्दै गएको छ । गाउँपालिकालाइ कृषि र पशुपालनबाट आत्मनिर्भर बनाउने नीति अवलम्वन गरिएको छ । कृषि र पशुपालनका कार्यक्रम सञ्चालन गर्दै गाउँपालिकामा बेरोजगारी र खाद्य संकट हटाउन लागि परेको उपाध्यक्ष शोभाकुमारी शर्माले बताइन् । उनीसँग गरिएको कुराकानी सारांश । शोभाकुमारी शर्मा उपाध्यक्ष, बराहताल गाउँपालिका, सुर्खेत उत्पादन बढाउने र रोजगारी बृद्धि गर्ने रणनीति लिएका छौं ह्वात्तै बढेको छ । बेरोजगारी संख्या घटाउन सिप र क्षमता अनुसारको सबैलाइ स्वरोजगारका कार्यक्रम चाहिएका छन् ।

हरेक क्षेत्रगत रुपमा फरक फरक आवाश्यकता र माग होला । त्यसलाई पहिचान गरी रोजगारीका कार्यक्रम सञ्चालन गर्ने रणनीति छ । ठाउँ अनुसार फरक फरक अन्न तथा फलफुल खेती र पशुपालनबाट बेरोजगारी संख्या र खाद्य संकट घटाउने रणनीति बनाएका छौ । गाउँपालिकामा कृषि उपजहरु खासै आयात गर्नुपर्ने स्थिती त छैन ।

आयात निर्यातको अवस्था लगभग उस्ताउस्तै छ । केही केही चिज आयात हुन्छ, भने केही यहाँबाट पनि निर्यात हुन्छ । जस्तै तरकारी, फलफुल निर्यात हुन्छ । हामी मासुमा आत्मनिर्भर छौ । मासु र दुध उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम समेत प्रदान गर्दै आएका छौ । फलफुल तथा तरकारी खेतीका लागि टनेल, वीउविजन वितरणसँगै अनुदानका कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

त्यस्तै कृषिमा आत्मनिर्भर बन्न औजार, उपकरण हस्तान्त्रण गरिरहेका छौं । भेरी नदीको पानी सिचाइँका लागि लिफ्टीङ प्रविधिबाट सुख्खा क्षेत्रमा पु¥र्याउने योजना छ । लाखौंका बाख्रा वितरण गरेका छौं । यहाँका खसीबोका काठ्माडौसम्म निर्यात गर्न सफल भएका छौं । त्यसैले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र यहाँको बेरोजगारी संख्या घटाउने, खाद्य संकट अन्त्य गर्ने लक्ष्य छ ।

महिला लक्षित कार्यक्रम र सामाजिक जागरणका अभियानले कत्तिको सार्थकता पाएका छन ?

सँधै महिलाको क्षमता बृद्धि, शसक्तिकरणका लागि भन्दै तालिम, गोष्ठीले मात्रै नहुने रहेछ । यसका लागि महिला दिदिबहिनीको बानीमा पनि मनदेखि परिवर्तन आउनुपर्छ । म निर्वाचित भएदेखि महिला लक्षित कार्यक्रम सञ्चालन गर्दै आएकी छुँ । महिलालाइ अब कृषि समुह मार्फत व्यवसायीक काम गर्न लगाउने योजना छ । गत वर्ष कक्षा १२ सम्म पढेका तर घरायासी कारणले पढाइ छोडेका महिलाको लागि लोकसेवा तयारी कक्षाको व्यवस्था मिलाएको थिएँ ।

यस वर्ष पनि यो कार्यक्रमले निरन्तरता पाउनेछ । अब तालिम भन्दा काम गर्ने गरी योजना बनाउनुपर्ने देखिन्छ । सामाजिक जागरणका अभियान थाल्ने वित्तिकै सामाजिक कुसंस्कार तथा विकृति अन्त्य हुदैनन् । तर अभियान सञ्चालन गर्न छोड्नु पनि हुदैन । हामीले छाउपढी, बालविवाह र जथाभावी मदिरा सेवन तथा झैझगडा न्युनिकरणका क्षेत्रमा सचेतनाका कार्यक्रम जारी राखेका छौ । एउटा समस्या समाधान गर्दा फेरी अर्को समस्या देखिदै जाँदा सोचेकै समयमा भनेजस्तो त नहोला । तर अभियानले ढिलो चाँडो सार्थकता पाउँछ ।

अन्त्यमा तपाइँ निर्वाचित भईसकेपछि भएका उपलब्धि र अबको योजनाबारे संक्षेपमा बताइदिनुहोस् न ?

म निर्वाचित भएर आईसकेपछि देखाउन मिल्ने उपलब्धहरु धेरै भएका छन् । गाउँपालिकाले विकासमा फड्को मार्दैगर्दा हामी सबै वडामा सडक विस्तार गरी यातायात सेवा सञ्चालन गर्न सफल भएका छौ । १० वटै वडामा एम्बुलेन्स सेवा सञ्चालन भएको छ ।

सडक नपुगेका गाउँहरुमा सडकको पहुँज बृद्धि भएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सुधारहुँदै गएको छ । सिँचाई नपुगेको ठाउँमा सिँचाई, खानेपानी, विद्युत्को पहुँज पुगेको छ । गाउँपालिकामा रहेको कुपोषण समस्या न्युनिकरण गर्न पोषणका कार्यक्रमलाई जोड दिएका छौं । स्वास्थ्य र शिक्षाको क्षेत्रमा दरबन्दी अभाव पुर्ती हुँदैछन् ।

बाढी पीडित र अग्नी पीडितका समस्या समाधानका लागि स्थानीय तह र प्रदेश सरकार लागि परेका छौ । विशेष गरी हाम्रो गाउँपालिका भौगोलिक विविधताले भरीपुर्ण छ । विस्तारै तरकारी, फलफुल, मासु र दुधमा आत्मनिर्भर बनेजस्तै विभिन्न कृषि अन्नबाली उत्पादन बृद्धि गरी यहाँको बेरोजगारी संख्या घटाउने र कृषिबाटै आत्मनिर्भर बनाउने अबको योजना हो ।

(२०७७ असार २४ गते बुधबार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया