गाईपालेर लाखौं आम्दानी

सल्यान, २४ असार ।

नेपालमा पशुपालन व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका एक किसानले पुष्टि गरेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–३ कपुरकोटका केशव शर्माले पशुपालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आइरहेका छन् ।

आठ वर्षअघि दुई वटा गाईबाट व्यवसाय सुरु गरेका शर्माको फर्ममा अहिले सानाठूला गरी बीस वटा गाई छन् । दुर्यसय वटा गाई पाल्ने योजनाका साथ व्यवसाय थालेका शर्माले अहिले मनग्गे आम्दानी गरिरहेका छन् । हाल उनी दैनिक ७० लिटर दूध बेच्छन् । ५० रुपैयाँ लिटरका हिसाबले उनले सीधै डेरीलाई दिने गरेको बताए । ‘बजारको समस्या छैन, बजारमा डेरी छ, जति पनि दूध लैजान्छ,’ उनले भने। कोरोना भाइरस नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण केही समस्या भए पनि अहिले सहज भइसकेको उनी बताउँछन् । ‘बन्दाबन्दी हुनुअघि १ सय २० लिटर दूध बेचे पनि लकडाउनपछि दाना र बजार अभावले उत्पादन केही घटेको छ,’ उनले बताए ।

तीन लाखको लगानीबाट थालेको व्यवसायबाट अहिले मासिक एक लाख रुपैयाँ बताउदै केशवकी श्रीमती देवी शर्माले अहिले मासिक एक लाखसम्म आम्दानी हुने गरेको बताइन् । भनिन् ‘सबै गाईले सधैं दूध दिने कुरा भएन, कहिले ९÷१० वटा दुहुनु हुन्छन् कहिले ३÷४ वटा मात्रै । तर राम्रो फाइदा भइरहेको छ ।’ गाईको दाना, तीन जनाको परिवार खर्च, सन्तानको पढाइ खर्च सबै कटाएर वार्षिक पाँचदेखि ६ लाखसम्म बचत हुने गरेको उनको भनाइ छ ।

गाईलाई आवश्यक पर्ने घाँसका लागि नौ रोपनी जग्गामा विभिन्न जातका घाँस लगाइको देवीले बताइन्। बारीमा नेपिएर, स्टाइलो जै घाँस र विभिन्न जातका डाले घाँस लगाएका छन् केशवले । प्रारम्भमा साविकको जिल्ला पशु सेवा कार्यालय सल्यानले सहयोग गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया