कर्णालीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टी

संक्रमित संख्या १५ सय ३० पुग्यो

सुर्खेत, २३ असार ।

कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै कुल संक्रमितको संख्या १ हजार ५ सय ३० पुगेको छ । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको स्वास्थ्य सेवा माहाशाखाले एक विज्ञप्ति जारी गर्दै थप १४ जनामा कोरोना संक्रमित पुष्टी भएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमितहरु सल्यानका २ जना र सर्खुेतका १२ जना रहेका छन् । प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ८ जना, सल्यानका २ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा सुर्खेतका ३ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका एक जना गरी १४ जना संक्रमित थपिएका हुन् । उनीहरु मध्ये ७ जना महिला र ७ जना पुरुष रहेका छन् ।


त्यस्तै, मंगलवार विभिन्न अस्पताल र आइसोलेसनमा २८ जना कोरोना संक्रमणबाट निको भई घर फर्किएका छन् । कर्णाली प्रदेशमा हालसम्म १ हजार २ सय ७५ जना डिस्चार्ज भइसकेका छन् । कोरोना संक्रमितको २ सय ४९ जनाको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार