कोरोना संक्रमणको जोखिम बढ्यो

अनिवार्य मास्क लगाउन प्रशासनको आग्रह

सुर्खेत, २३ असार ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । अटेर गरेर विना काम घरबाहिर मास्क नलगाइ निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ ।

गृहमन्त्रालयले सोमवार ७७ वटै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्दै मास्क नलगाइ हिड्नेलाई पक्राउ गर्न निर्देशन दिएको हो । गृहमन्त्रालयको निर्देशन अनुसार मंगलवार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुचना जारी गर्दै घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दुरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्ने जनाएको हो ।

मास्क नलगाइ हिँड्ने र सामाजिक दुरी कायम नगर्नेलाई संक्रमण रोग ऐन, २०२० अनुसार कारवाही गर्ने परिपत्र गरेको हो । सरकारले गत असार १ गतेबाट लकडाउन खुकुलो बनाएको छ । लकडाउन खुकुलो बनाएपछि मास्क नलगाउने, भौतिक दुरी कायम नगर्ने, विनाकाम बाहिर निस्कने, भीडभाड गरेको र संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले ७७ वटै जिल्लाका प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गरेको हो ।

तपाईको प्रतिक्रिया