पहिरो पीडित परिवारलाई नेपाली कांग्रेसद्धारा सहयोग

बाबियाचौर, २३ असार ।

नेपाली कांग्रेस पञ्चपुरी नगर कार्य समितिले पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत रकम सहयोग गरेको छ । गत असार १४ गते राति खमारी खोला लघु जलविद्युत आयोजनाको पावर हाउसमा आएको पहिरोमा पुरिएर नन्दा पुलामीको मृत्यु भएको थियो ।

नन्दाका श्रीमान डम्बर पुलामीलाई १९ हजार एक सय रुपैयाँ सहयोग गरिएको नेपाली कांग्रेस पञ्चपुरी नगरकार्य समिति सचिव प्रेम बिष्टले जानकारी दिए ।

नेपाली कांग्रेस पञ्चपुरीका कार्यकर्ताद्धारा संकलन गरिएको राहत रकम घरमै पुगी कांग्रेस नगर कार्यसमितिका सभापति नरेन्द्र बहादुर शाहीले हस्तान्तरण गरेका हुन् ।

१० औ दिनको पुण्य तिथिमा कांग्रेसका क्षेत्रीय सभापति लालबीर भण्डारी, सुर्खेत क्षेत्र नं २ ख का सभापति कृपाराम थापा, ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशका सदस्य नारायण खरेल, खमारीखोला लघुजलबिद्युत आयोजनाका संस्थापक अध्यक्ष केशवराज पाठक, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापा, वडा नं ६ का अध्यक्ष खड्कबहादुर थापा, नेपाली कांग्रेस पञ्चपुरी नगरकार्य समिति सचिव प्रेम विष्ट, कोषाध्यक्ष वीरबहादुर शाही लगायतका नेपाली कांग्रेसका नेता कार्यकर्ताले श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया