पहिरोले घर पुरियो

कृष्णप्रसाद अधिकारी ।

दैलेख, २२ असार ।

दैलेख जिल्लाको भगवतिमाई गाउँपालिका वडा नं ५ मा गएको पहिरोले घर पुरिँदा परिवारको बिचल्ली भएको छ । भगवतिमाई गाउँपालिकाको भौगोलिक अवस्था हेर्दा वषर्नी पहिरोको जोखिम देखिन्छ । त्यसैमा असारे विकासले गाउँ नै पहिरोको जोखिम रहने गरेका उदाहरण धेरै छन् ।

विकास निर्माणका काम गर्दा भौगोलिक अवस्थालाई नहेरी सडक बनाउँदा वर्षातमा गाउँहरू पहिरोमय हुन्छन् भने सुख्खा समयमा धुलाम्मे हुने गर्दछन् ।
असारको महिनामा पहिरो जान थाले पछि गाउँमा बस्ने नागरिकहरूमा निराशा छाएको छ । स्थानिहरुका अनुसार कोरोनाको महामारी जता ततै छ । त्यसैमा घरमा पहिरो आउँले डरले दिनरात निद्रा लाग्दैन ।
घर माथिबाट एक्कासी पहिरो आए पछि नरु शाही र अमर शाहीको घरमा क्षती भएको छ । समयमा नै पहिरो गएको थाहा पाएपछि परिवारलाई उद्धार गरी नजिकैको विद्यालयमा राखिएको छ भने कसैलाई आफन्तको घरमा राखिएको वडा नं ५ का वडा अध्यक्ष कृष्णबहादुर शाहीले बताए । उनका अनुसार श्री जनप्रिय आधारभूत विद्यालय सहित यस क्षेत्रका करिब १० घर जोखिम रहेका छन् । किसानले लगाएको धान र मकै खेतीमा समेत क्षती पुगेको छ ।

तपाईको प्रतिक्रिया