वाणिज्य बैंकद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

सुर्खेत, २१ असार ।

राष्ट्रिय वाणिज्य बैंक लि. शाखा कार्यालय मेहलकुनाले गुर्भाकोट नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आइतवार नगरपालिकालाई दुई हजार थान सर्जिकल मास्क, एक हजार थान ग्लोब्स तथा छ लि. क्लोरिन झोल हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री बूझ्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख महेश कूमार पूरीले राष्ट्रिय वाणिज्य बैंकले गरेको सहयोगले कोरोना रोग नियन्त्रणका लागि सहयोग पूग्ने बताए । कार्यक्रममा राष्६ि«य वाणिज्य बैंक शाखा कार्यालय मेहलकूनाका शाखा प्रबन्धक चिरञ्जीवी गिरीले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै आगामी दिनमा पनि बैंकले यस्ता सहयोगका कार्यक्रमहरु गर्दै जाने बताए ।


त्यस्तै, सोही कार्यक्रम अन्तर्गत गुर्भाकोट १० स्थित एक विद्यालयलाई विद्यालय झोला हस्तान्तरण गरिएको छ । गुर्भाकोट १० स्थित श्री राष्ट्रिय प्रा.वि.का ४० जना विद्यार्थीलाई पूग्ने गरी ४० थान झोला हस्तान्तरण गरिएको हो ।

विद्यालय झोला बूझ्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बहादूर खत्रीले यस्तो सहयोगले गरिब तथा दलित विद्यार्थीहरुलाई पठनपाठनमा ठुलो सहयोग पूग्ने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार