कोरोना महामारी

कर्णालीमा ९ जनामा कोरोना संक्रमण

३० जना घर फर्किए

सुर्खेत, २१ असार ।

कर्णाली प्रदेशमा आइतवार ९ जनामा कोरोना संक्रमण देखिएको छ । दैलख अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९ जनामा संक्रमण देखिएको हो ।


दैलेख जिल्ला अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण फेला परेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ५ जना, सुर्खेतमा १ जना, चितवनमा १ जना र नवलपरासीका एक जना रहेका छन् ।

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सल्यानका १ जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै कर्णालीमा संक्रमितको संख्या एक हजार चार सय ९८ पुगेको छ ।
यस्तै, कर्णालीमा आइतवार ३० जना कोरोना संक्रमणबाट निको भई घर फर्किएका छन् । घर फर्केनेमा प्रदेश अस्पताल सुर्खेतबाट १३ जना, सल्यान अस्पतालबाट ५ जना, मेहेलकुना अस्पतालबाट ३ जना, गुर्भाकोट आइसोलेसनबाट ३ जना, कालिकोट अस्पतालबाट २ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट निको भई घर फर्किने संख्या एक हजार २ सय ३१ रहेको छ । संक्रमित २ सय ६१ जनाको भने प्रदेशका विभिन्न अस्पताल र आइसोसेलनमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया