मगर भाषाकोे पाठ्यपुस्तक प्रकाशित

सुर्खेत, २१ असार ।

सुर्खेतको चौकुने गाउँपालिकामा स्थानीय मगर भाषा कक्षा ३ को पाठ्यपुस्तक प्रकाशित भएको छ । चौकुने गाउँपालिका वडा नं. १ निवासी मन बहादुर बगाले मगरले उक्त पुस्तक लेखेका हुन् ।

गाउँपालिकाको सहयोगमा यसअघि पनि उनले कक्षा एक र दुई को पाठ्यपुस्तक समेत तयार पारी सकेका छन् । पुस्तक लेखक मन बहादुर बगालेले भने, ‘मगर भाषा लोप हुनबाट बचाउन र बालबालिकाहरु घरमा जस्तै बिद्यालयमा पनि आफ्नो भाषा सजिल्यैसंग बोल्न र लेख्न सकुन् भन्ने उदेश्यले मगर भाषाको पाठ्यपुस्तक तयार पारेको हो ।’ आफ्नो संस्कृति र परम्परा गत प्रविधिहरु नयाँ पुस्तामा हस्तान्तरण गर्न सजिलो हुने, सिकाई प्रभावकारी हुने र चौकुनेमा मगर समुदायको अत्याधिक बसोबास भएकोले मगर भाषाको पाठ्यपुस्तक प्रकाशन गर्नु परेको उनको भनाई छ ।

त्यस्तै, गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले स्थानीय मगर भाषाको पाठ्यपुस्तक निर्माण गर्नका लागि गाउँपालिकाले बजेट बिनियोजित गरी पुस्तक प्रकाशनमा सहयोग गरेको बताए । गाउँपालिकाका उपाध्यक्ष निर्मला मगरले मगर भाषाको पाठ्यपुस्तकले मगर भाषीहरुको उत्थानमा महत्वपुर्ण योगदान दिने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले आधारभूत तहको शिक्षा मातृभाषामा दिई दोस्रो भाषी विद्यार्थीको सिकाई प्रभावकारी बनाउन स्थानीय भाषा पाठ्यपुस्तकले सहयोग पु¥याउने बताए ।

तपाईको प्रतिक्रिया