काठमाडौं, २१ असार ।
यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । यस वर्ष आन्तरिक मुल्यांकनकै आधारमा प्रमाणपत्र दिइने भएको छ । बैशाख ११ गतेबाट सुरु गर्ने भनिएको परीक्षा कोरोना भाइरस (कोभिड—१९) महामारीका कारण परीक्षा नहुने भएको हो ।
शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नगर्ने निर्णय गरेको हो । शुक्रबार बसेको परिषद्को बैकठले आन्तरिक मुल्यांकनसम्बन्धी कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिएको छ ।
विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।
युग संवाददाता । । २१ असार २०७७, आईतवार १२:५२