दुर्गममा खटिने स्वास्थ्यकर्मीलाई राज्यले थप अवसरहरु दिनुपर्छ

कोरोना भाइरस महामारीबिरुद्धको लडाइमा स्वास्थ्यकर्मीहरु अग्रमोर्चामा खटिएका छन् । महामारीसँगको लडाइमा सामेल हजारौं स्वास्थ्यकर्मीमध्ये यज्ञ गौतम पनि एउटा सिपाइ हुन् । हुन त स्वास्थ्यकर्मीहरु सधै कुनै न कुनै महामारीसँग लढ्दै आएका हुन्छन् । तर उनीसँग अल्ली फरक अनुभव छ । कारण २०६६ सालमा जाजरकोटमा महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रणको लडाइमा समेत अग्रमोर्चामै खटिएका थिए । उ बेला झाडापखालासँग जुध्दा र अहिले कोरोना महामारीसँग लड्दा उनलाई रतिभर डर छैन । बरु दुर्गममा बसेर विरामीको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्छन् । भेरी नगरपालिका जाजरकोटको स्वास्थ्य शाखामा कार्यरत उनै यज्ञले दुर्गममा बसेर विरामीको सेवा गर्दाको अनूभव र जीवन भोगाई यसरी व्यक्त गरे ।

सुखद् बाल्यकाल

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. २ विजयकोटमा २०३८ साल असार ३१ गते मेरो जन्म भएको हो । बुवा तानेन्द्रनाथ र आमा खगिसरा गौतमको म पहिलो सन्तान हुँ । पहिलो सन्तान भएकै कारण बाल्यकालमा मैले आमाबुवाको पनि धेरै माया पाएँ । वन, जंगल, डाँडाकाँडा, उकाली–ओराली, मेलापात, खेती–किसानी गर्दै बाल्यकाल बित्यो । उमेर बढ्दै गर्दा जिम्मेवारी थपियो ।

जेठो सन्तान हुनुको नाताले घरखर्च चलाउन बुवालाई सहयोग गर्नु र भाइहरुलाई राम्रो पेशा व्यवसायमा लगाउनु मेरो दायित्व बन्यो । आजसम्म जीवनका दुःख, दुख सजिलै पार लागेका छन् । जीवनमा असफलताको अनूभूति गर्न पाएको छैन । यो नै मेरो लागि जीवनको सबैभन्दा सुद्ख विषय हो ।

छात्रबृत्ति पाएपछि छाति फुल्यो

पढाइमा म मध्यमस्तरको विद्यार्थी थिएँ । गाउँकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पाङ्कोटबाट मेरो औपारिक पढाइ सुरु गरेको हुँ । २०४३ सालदेखि क ख रा चिन्न थाले हुँ । पाँच कक्षा पास जनकल्यान माध्यमिक विद्यालय सेर्माकोटबाट अध्ययनलाई निरन्तरता दिएँ । २०५४ सालमामा एसएलसी पुरा गरेँ । उच्च शिक्षा अध्ययनको लागि सुर्खेत झरे ।

सुर्खेत क्याम्पस (शिक्षा)बाट उच्च शिक्षाको सुरुवात भयो । अन्ततः त्यही क्याम्पसबाट स्नातकोत्तर तहसम्मको पढाइ पुरा गरेको छ । तर इन्टर पढ्दै गर्दा सीएम अध्ययनका लागि छात्रबृत्ति पाएको थिएँ । त्यसपछि शिक्षातिरको पढाइलाई बिचमै छोडेर सीएमए अध्ययनका लागि कर्णाली प्राविधिक शिक्षालय जुम्ला पुगे । छात्रबृत्तिमा दैलेखबाट एक नम्बरमा नाम निस्कदा मेरो छात्तिनै फूलेको थियो । त्यो क्षण मेरो लागि निकै खुशीको पल थियो । त्यही छात्रबृत्तिले यो स्थानसम्म पु¥याएको छ ।

अन्टिको भिरबाट खसेपछि..

२०५२ सालको कुरा हो । म कक्षा ८ मा पढ्थेँ । एक दिन घाँस काट्न गएको बलो आन्टि भिरबाट लोल्टु भयो । आन्टी घाइते भएपछि हत्तारहत्तार उपचारका लागि जिल्ला अस्पताल पु¥यौँ । आठ घण्टा लगायर अस्पताल पु¥यौँ । तर डाक्टरले त्यहाँ उपचार सम्भवन नहुने बताए । गाउँमा स्वास्थ्यचौकी थिएन ? डाक्टरले प्रश्न गरे । सीएमए पढेको मान्छे भए उहाँको गाउँमै जिल्लामै उपचार हुन्थ्यो । रगत धेरै बगिसकेको छ । बरु छिट्टै नेपालगञ्ज लैजानु ।

एकातिर आन्टीको अवस्था जटिल बनिसकेको थियो । अर्काेतिर विरामीको उपचार गर्ने मान्छे बन्नलाई के गर्नुपर्छ ? विरामीको उपचार गर्नलाई के पढ्नुपर्छ ? मेरो मनमा प्रश्न खेल्न थाल्यो । आन्टीलाई उपचारको चिन्ता एकातिर थियो । मलाइ भने अव डाक्टर अर्थात विरामीको उपचार गर्ने मान्छे बन्नुपर्छ भन्ने लागिसकेको थियो । आन्टिको त्यही दुःखद दुर्घटनाले मलाई स्वास्थ्यकर्मी बन्ने रहर पलायो । नभन्दै माग्यले पनि यही पेशामा डो¥यायो ।

झाडापखालाका विरामीलाई धामीझाँक्री गरिन्थ्यो

जीवन एउटा संघषको मैदान हो । म यो स्थानसम्म आइपुग्नुको कारण पनि त्यही संघर्ष नै हो । घर खर्च चलाउन इन्टर पढ्दै दैलेखको एउटा बोडिङ् स्कूल पढाएँ । माग्यले त्यही समय सीएमए पढेने अवसर मिल्यो । सीएमएको पढाई पुरा गरेपछि एउटा प्रोजेक्टरमा काम गर्न थाले । त्यो बेला लोकसेवाको तयारी गरेँ । २०६६ सालमादेखि अहेव पदमा सफ भए । मेरो पहिलो पोटिङ जाजरकोट पैङ्क स्वास्थ्य चौकीमा भयो । त्यो बेला जाजरकोटमा झाडापखालको महामारीको फैलिएको थियो । झाडापलाखाबाट बच्न कोही गाउँ छोडेर जिल्ला बाहिर गएका थिएँ । एक दिनमा दुइ÷तीन जनाको मृत्यु हुन्थ्यो ।

शिक्षक र स्वास्थ्यकर्मीकोसमेत मृत्यु भयो । कहिले काँही जागिर नै जोडर जाउँ जस्तो लथ्यो । तर मैले जीवन संघर्ष हो भन्ने बुझेको थिएँ । राज्यको सेवा गर्ने भनेर कमस खाएर आएपछि जागिर जोड पाप लाग्छ भन्ने ठाने । बरु त्यहाँका स्थानीय राजनीति दल, समाजसेवी र स्वास्थ्यकर्मीले एउटा जोखिम मोल्न तयार भयौँ । जिल्लादेखि केन्द्रसम्मका नेतृत्वलाई औषधि उपचार झिकायौँ । अन्ततः हप्तादिनमा झाडापखाला नियन्त्रणमा आयो । उ बेला जाजरकोटमा पखाला महामारी अत्य गर्ने अभियानमा लागे । अहिले जाजरकोटकै भेरी नगरपालिकालाई कोरोनामुक्त बनाउने अभियानमा सिरक छु । आजका दिनसम्म भेरी नगरपालिका कोरोना संक्रणम भेटिएको छैन । सुरुका दिनमा भारतबाट आएका नागरिक भेट्न वित्तिकै कोरोना छ कि भनेर डर लाग्यो । तर अहिले अहिले डर पनि भाग्यो कोरोना पनि भाग्यो ।


अनि सुरुभयो सरसफाई अभियान..

२१ औं सताव्दीमा पनि जाजरकोटवासीले झाडापाखाला महमारी खेपे । जसको एउटै कारण सरसफाइ र अन्वविश्वास थियो । झाडापलाखा लागेका मान्छेलाई पानी खान हुँदैन भन्ने थियो । उ बेला पैङ्ग गाविस भरी १० वटा पनि चर्पी थिएनन् । झाडापखालाका विरामीलाइ गाउँलेहरु धामीझाँक्री गर्नुपर्ने भन्थँे । झाडापलाखा नियन्त्रणमा आएपछि हामीले त्यहाँ ७२ जना स्वयम सेवकहरु गठन ग¥याँै ।

टोलटोलमा सरसफाइ सम्बन्धी जनचेतना फैलायौँ । फलस्वरुप पैङ्गलाइ नै पूर्णखोपयुक्त गाविस घोषणा गर्न सफल भयो । चर्पीहरु बनाउने अभियान सुरु भयो । वडाहरुमा स्वास्थ्य चौकीको लागि जग्गा खरिद र बर्थिङ सेन्टर, गाउँघर क्लिनिकका भवन, निर्माण, भयो । पछि पैङ्क नै खुल्ला दिशामुक्त गाविसका रुपमा घोषणा भयो । करिव पाँच बर्षपछि सुर्खेतको तरंगा स्वास्वचौकीमा सरुवा भएँ । अहिले भेरी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत छु ।

राज्यले स्वास्थ्य क्षेत्रलाई चिनेकै छैन

अहिले पनि दुर्गममा स्वास्थ्य संस्थाहरु छैनन् । त्यहाँका नागरिकले सिटामोल पाएका छैनन् । विरामीलाई बोक्ने स्टेचरसमेछ छैन । विपन्न समुदायले उपचार नपाएर मर्नु परेको छ । तर पनि राज्यले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न सकेको छैन । औषधि उपकरणको अभाव छ । जसका कारण दुर्गमका स्वास्थ्यकर्मीलाई जान समेत मान्दैनन् ।

कोरोना महामारीपछि राज्यले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । म त भन्छु । दुर्गमका खटिने हरेक स्वास्थ्यकर्मीले सधै विशेष सुविधा पाउनुपर्छ । निश्चित समय दुर्गममा सेवा गरेवाफत स्वास्थ्यकर्मीलाई माथिल्लो तहमा अध्ययन गर्ने अवसर दिनुपर्छ । नातावाद होइन योग्यता र क्षमताको आधारमा स्वास्थ्यकर्मीलाई भूमिका दिनसक्नुपर्छ ।

ति बालकहरु बाँच्दा….

जाजरकोटमा झाडापखालाले महामारीको रुप लिएको थियो । एक दिन दुइ जना बालबालिकाहरु स्वास्थ्य चौकी आइपुगे । तर स्वास्थ्यचौकीमा जीवनजल समेत थिएन । उनीहरुको अवस्था निकै जटिल बनिसकको थियो । अन्ततः सामान्य औषधि गरौँ र बचाउन सकिदैन भनेर बालकहरुलाई घर लैजान भनौँ । आफन्तीहरु बच्चालाइ बोकेर रुदै घर फर्किए । तर २४ घण्टा नवित्दै औषधि आयो । हामीले घरमै पुगेर औषधि ग¥यौँ । मरिसके भनेर माया मागरेको बच्चाहरु बाँचे । त्यो क्षण नै मेरो जीवनको सबैभन्दा ठूलो खुशी हो । त्यही संघर्षले म जिल्लाभर उत्कृष्ठ ५ जना स्वास्थ्यकर्मीको रुपमा छनौट भए । २०६९ सालमा जाजरकोट जिल्लाको उत्कृष्ठ स्वास्थ्यकर्मी बने ।

जाजरकोटपछि सुर्खेतको तरंगामा हुँदा सिटामोल किन्न आठ÷नौं घण्टामा हिडेर कर्णाली चिसापानी वा तरंगा झर्नु आइनेकाँडावासीको लागि आइनेकाँडामै सामुदायिक स्वास्थ्य इकाई खेल्यौँ । आफैले जग्गा खगरिद गरेर गाउँघर क्लिनिक भवन, पूर्ण संस्थागत प्रस्तुति वडा घोषण गर्दाको क्षण पनि खुशीका पलहरु थिएँ । यी घटनाहरु मेरो जीवनका खुशीका क्षणहरु हुन् । लोकसेवा पास हुँदाको समय पनि जीवनमा अर्काे खुशीको क्षण थियो ।

अवकाशपछिका योजना

जीवनको उर्जाशिल समय स्वास्थ्य क्षेत्रमा विताउँदै छु । जागिर खाँदा मात्रै होइन । अवकासपछि पनि स्वास्थ्य क्षेत्रमै रमाउने योजना छ । अवकासपछि अपाङ र बेसाहार र टुहुरा बालबालिकाको लागि निःशुल्क सेवा गर्ने संस्था खोल्ने सोचमा छु ।

आज पनि कयौं नागरिक उपचारको अभावमा ज्यान गुभाएका छन् । दुर्गमका नागरिकलाई उपचार कहाँ पाइन्छ भन्ने पनि थाहा छैन । जसले गर्दा अवकाशपछि उपचार सेवा केन्द्रसँग खोल्ने योजना छ ।

(२०७७ असार २१ आइतबार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार