काँग्रेसले प्रदेशसभाको बैठक बहिष्कार ग¥यो

सुर्खेत, २१ असार ।

नेपाली काँग्रेसले कर्णाली प्रदेशसभाको बैठक बहिष्कार गरेको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली शनिबारको बैठक बहिस्कार गरेको हो । कर्णाली प्रदेशसभाको बजेट अधिवेशनको २३ औं बैठकमा कांग्रेसका कुनै पनि सदस्य सभामा भाग लिएनन् ।
यद्यपी बैठकमा प्रमुख प्रतिपक्ष दल बिना नै सञ्चालन भएको छ ।

बैठकसुरु हुना साथ राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य सोशिला शाहीले सभामुखसँग प्रमुख प्रतिपक्षबिना बैठक सञ्चालन भएको कारण माग गरिन । तर सभामुख राजबहादुर शाहीले सदस्य शाहीलाई बस्न बैठक सञ्चालन गरेका थियो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयले ल्याएका नीति तथा कार्यक्रमको बजेटमाथि सत्तारुढ दलका सांसद अमरबहादुर थापा र ठम्बर बिष्टलले छलफलमा भाग लिएका थिए ।


मन्त्रालयले ल्याएका नीति तथा कार्यक्रम र बजेटमाथि छलफलमा भागलिंदै राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभा सदस्य सोशिला शाहीले प्रतिपक्षविना महत्वपूर्ण बैठक संचालन नगर्न माग गरेकी थिइन् । यता नेपाली काँग्रेसले भने रातो किताव नल्याएका कारण बैठक बहिस्कार गरिएको बताए । ‘सरकारले मन्त्रालयगत रुपमा रातो किताब आएको छैन, रातो किताव बिना बैठकमा सहभागी हुनुको औचित्य ठानिनौँ’ नेपाली कांग्रेसका प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठले भने, ‘संसद अबरुद्ध गर्नुभन्दा बहिस्कार गर्नु नै उचित लाग्यो र आजको बैठकमा सहभागी भएनौँ ।’

कतिपय मन्त्रालयहरुका किताबहरु आइ नसकेको पहिला अध्यायन गरेर मात्रै अबका दिनमा अधिवेशनमा भाग लिने श्रेष्ठले बताए । कर्णाली प्रदेशसभामा ४० जना सांसदमध्ये ३३ जना नेकपा प्रदेशसभा सदस्य रहेका छन् । बजेटमाथि असन्तुष्टि जनाउँदै कांग्रेसले गत असार १० र ११ गते संसद् अवरुद्ध गरेको थियो । प्रदेशसभाको बैठक २१ गते आइतबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार